जगदम्बा सिमेन्टको मोबाइल एप

काठमाडौं / रास– जगदम्बा सिमेन्टले हाम्रो घर मोबाइल एप बजारमा ल्याएको छ । उद्योगले दुवै उद्योगबाट विभिन्न ब्रान्ड उत्पादन गर्दै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उत्पादन बिव्रmी वितरण गर्दै आइरहेको छ । जगदम्बा योगदान, जगदम्बा प्रयोग विधि, जगदम्बा जागरण, जगदम्बा आरोहण, जगदम्बा विशेष जस्ता उपभोक्ता केन्द्रित कार्यव्रmम सञ्चालन गर्दै आइरहेको यसले प्रविधि प्रयोगका कारण नेपाली जनमानसको जीवनस्तर सहज र समृद्ध बनाउने उद्देश्यले मोबाइल एप ल्याएको हो । यो एप इन्जिनियर, कन्ट्रा्याक्टर, डिलर मेसनलगायत सम्पूर्ण उपभोक्ताका लागि उपयोगी हुने गरी तयार गरिएको छ । यसमा निर्माणसम्बन्धी हरेक जिज्ञासाको समाधान राखिएको छ । सपनाको घर निर्माणका लागि चाहिने निर्माण सामग्री छनोट, घर निर्माण गर्न घरको लागत, भूकम्पप्रतिरोधी घर निर्माण प्रक्रियालगायत नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका उपभोक्ताले जगदम्बा सिमेन्टको सेल्स टिमसँग सिधै सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।