घुससहित नासु पक्राउ

काठमाडौं / रास– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभाग, कालिकास्थानमा कार्यरत नायब सुब्बा कोषराज भट्टराईलाई घुससहित पक्राउ गरेको छ । भिसा एक्सटेन्सन गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस लिँदालिँदै आयोगको टोलीले भट्टराईलाई रंगेहात पक्राउ गरेको हो ।

नायब सुब्बा भट्टराईलाई आयोगको टोलीले सेवाग्राहीको उजुरीका आधारमा बुधबार दिउँसो कालीमाटीबाट घुस रकमसहित पक्राउ गरेको हो । भट्टराईमाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।