समिति विघटन

काठमाडौं / रास– मुलुककै एक मात्र छारे रोगको रिफरल अस्पताल एवं जनरल अस्पतालका रूपमा रहेको ‘कोरिया नेपालमैत्री अस्पताल’ मध्यपुर ठिमीको विद्यमान इमर्जेन्सी सञ्चालक समिति विघटन गरी मध्यपुर ठिमी नगरपालिकाका कार्यकारी अधिृकत कमल ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय नयाँ सञ्चालक समिति गठन गरिएको छ ।

मध्यपुर ठिमी नगरपालिकाका प्रमुख एवं सो अस्पताल व्यवस्थापन समितिका पदेन अध्यक्ष मदनसुन्दर श्रेष्ठले विद्यमान इमर्जेन्सी सञ्चालक समिति विघटन गरी कार्यकारी अधिृकत ज्ञवालीको संयोजकत्वमा नयाँ समिति गठन गरेका हुन् ।

समितिका सदस्यमा नगरपालिकाका कानुन अधिकृत केशव सिलवाल र सदस्य सचिवमा सो अस्पतालका कार्यकारी निर्देशक डा. दिपेन्द्रकुमार रौशन रहेका छन् ।