जुवाको खालबाट वडा सदस्य सहति १३ जना पक्राउ

ओपेन्द्र बस्नेत
तुलसीपुर, दाङ १२ असोज

तलसीपुर उप महानगरपालिका ७ का वडा सदस्य सहित १३ जना जुवाडेलाई गएराति प्रहरीले पक्राउ गरेको छ । जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका ४ गोझेनाबाट पक्राउ गरेको हो । जुवाको खालबाट प्रहरीले एक लाख १९ हजार ४ सय ७० रुपैयाँ, कम्बल, दरी र तास बरामद गरेको छ ।
को को परे पक्राउ
१) पक्राउ पर्नेमा तलसीपुर उप महानगरपालिका वडा नम्बर ७ का वडा सदस्य निराजन केसी,  सुनिल डागि , सुवास चन्द, गणेश गुप्ता, अनिल भण्डारी, शरण श्रेष्ठ , खिम वहादुर रोका , क्षेत्र प्रकाश वली , रुपक दाहल, वसन्त श्रेष्ठ , शिवहरी शर्मा , टंक वहादुर वि.क र  प्रवेश गुरुङ रहेका छन्