ध्रुवीकरणप्रति अमेरिकी चासो

राजधानी समाचारदाता / काठमाडौं

अमेरिकाले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमप्रति चासो लिएको छ । अमेरिकी राजदूत एलिना बी टेप्लिजले पछिल्लो राजनीतिक घटनाक्रमसँगै ‘नेपालको विकास निर्माण र निर्वाचनमा प्रभाव पर्ने त होइन ?’ भन्दै चासो  राखेकी हुन् ।

उद्योगमन्त्री सुनीलबहादुर थापासँग बुधबार सिंहदरबारमा भेट गर्दै उनले उनले १० र २१ मंसिरमा हुने निर्वाचनलाई पछिल्लो राजनीतिक घटनाक्रमले ‘कस्तो प्रभाव पार्ला ?’ भनेर जिज्ञासा राखेकी छन् । अमेरिकाले नेपालमा शान्ति र स्थायित्व चाहेको भन्दै उनले अमेरिकी सरकारले निर्वाचनमा सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएकी छन् ।

भेटमा राजदूत टेप्लिजले पुनर्निमार्ण विषयमा पनि चासो राखेकी छन् । नेपालको विकास निर्माण तथा पुनर्निर्माणमा अमेरिकाले पु¥याएको सहयोगप्रति धन्यवाद दिँदै मन्त्री थापाले आगामी दिनमा समेत सहयोग निरन्तर रहने अपेक्षा गरेका छन् । उनले नेपालको राजनीतिक धु्रवीकरणले निर्वाचनमा कुनै पनि असर नपर्ने विश्वास दिलाएका थिए ।