अस्टे«लियाको सहज जित

नयाँ दिल्ली / एजेन्सी– पहिलो ट्वान्टी–२० मा प्रभावशाली जित आत्मसात् गरेको भारत दोस्रो खेलमा भने निरीह रह्यो । टस हारेर पहिले ब्याटिङ गरेको भारतले पूरै ओभर खेले पनि १ सय १८ रनमा अलआउट हुन पुगेको थियो ।

उसका लागि सुरुवाती ४ ब्याट्सम्यानले दोहोरो स्कोर बनाउन सकेनन् । भारतका लागि सर्वाधिक रनका रूपमा केदार जाद्धवको २७ रन रह्यो । त्यस्तै हार्दिक पाण्डेले २५ रन बनाए भने कुलदीप यादवले १६ तथा महेन्द्र सिंह धोनीले १३ रन बनाएका थिए ।

दोस्रो टी–२० मा भारतलाई सस्तैमा समेट्दै अस्टे«लियाले सहज जित हासिल गरेको थियो । अस्ट्रेलियाको जितमा योगदान गर्दै जसोन ब्रेनड्रोफले चार विकेट लिएका थिए । उनी प्रतियोगितामा म्यान अफ दी म्याच घोषित भए । यी दुईबीच हैदरावादमा शुक्रबार निर्णायक खेल खेलिनेछ । उक्त खेलमा जित हासिल गर्ने टिमले टी–२० सिरिज आफ्नो नाममा पार्नेछ ।

अस्टे«लियन टिममाथि आक्रमण

तीन खेलको टी–२० सिरिजको दोस्रो खेलमा अस्टे«लियाले भारतलाई ८ विकेटले पराजित गरेपछि गुवाहाटीमा अस्टे«लियन टिममाथि आक्रमण भएको छ । खेल सकेर होटल फर्कंदै गरेको अस्टे«लियन टिम चढेको बसमा अज्ञात समूहले ढुंगा बर्साएको थियो । क्रिकेट अस्ट्रेलियाले आक्रमणबाट कोही घाइते नभए पनि खेलाडी त्रसित बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

आफ्ना खेलाडीको सुरक्षाप्रति आफूहरू चिन्तित रहेको भन्दै बाँकी खेल खेल्ने वा अस्टे«लिया फर्कने भन्ने विषयमा छलफल भइरहेको बताएको छ । खेलाडीले पनि भारतमा आफूहरूमाथि भएको घटना बर्बर भएको प्रतिक्रिया दिँदै आफूहरू घटनाबाट त्रसित भएको बताएका छन् । अस्ट्रेलियन ब्याट्सम्यान आरोन फिन्चले ट्विट गर्दै ‘ढुंगा प्रहारको घटनाले हामीलाई त्रसित बनाएको छ ।’

पाँच साताको अन्तरालमा अस्ट्रेलियन टोलीमाथि भएको यो दोस्रो आक्रमण हो । गत महिना बंगालेदशविरुद्धको खेलमा जित हात पारेपछि चितागोङ रंगशालाबाट बाहिरिने क्रममा टोलीमाथि आक्रमण भएको थियो ।

भारतीय प्रहरीले ढुंगा हान्न संलग्न रहेको आशंकामा दुई व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ । यद्यपि अनुसन्धान जारी रहेकाले दोसिमाथि कारबाही हुने प्रहरीले जनाएको छ ।