बृहत् ग्रुपको एक दशक पूरा

काठमाडौं/ रास– रियल इस्टेट क्षेत्रको प्रतिष्ठित व्यावसायिक समूह बृहत् ग्रुपले स्थापनाको एक दशक पूरा गरेको छ । ११औं वर्ष  प्रवेशका अवसरमा कम्पनीले विभिन्न कार्यक्रम आयोजना गरेर १०औं वार्षिकोत्सव मनाएको हो ।

सो अवसरमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा गु्रपले रक्तदान कार्यक्रम आयोजना ग¥यो । जसमा कम्पनीका सदस्यका साथै अन्य सर्वसाधारणसमेत गरी ७९ जनाको सहभागिता थियो । बृहत्ले स्थापनाको पहिलो वर्षदेखि नै प्रत्येक वार्षिकोत्सवमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।

बृहत् ग्रुप अबका दिनमा प्रिमियम रेजिडेन्सी विकासमा केन्द्रित रहनेछ । जसमा डिजाइन, निर्माण गुणस्तर, निर्माण सामग्री, वर्क म्यानसिप, मेन्टिनेन्स फ्रि आवास आदिको उत्कृष्ट संयोजन हुने कम्पनीले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै ग्रुपका कार्यकारी अध्यक्ष ओम राजभण्डारीले सहरी पूर्वाधारको निर्माणमा लगानी गरी राष्ट्रको विकास निर्माणमा सहभागी हुने बताए ।