गौशालामा सानिमा बैंक

काठमाडौं / रास– सानिमा बैंक लिमिटेडले काठमाडौंको गौशालामा शाखा विस्तार गरेको छ । यो बंैकको ४७ आंैै शाखा कार्यालय हो । उक्त शाखा कार्यालयको उद्घाटन बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्य्रान्ड प्रवद्र्धक कलाकारद्वय  मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रूपमा गरेका हुन् ।

समारोहमा सानिमा बैंकका अध्यक्ष श्रेष्ठले स्वागत मन्तव्य दिँदै समस्त ग्राहकवर्गको थप सेवा तथा सुविधाका लागि सानिमा बैंकले शाखा विस्तार गर्दै जाने नीति लिएको बताए । त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले  बंैकका ग्राहक तथा सम्पूर्ण सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै यस गौशाला शाखाबाट ग्राहकलाई गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरे । सानिमा बंैकको उक्त शाखा समेत गरी मेचीदेखि महाकालीसम्म ४७ वटा शाखा सञ्जाल तथा ५३ वटा एटीएम रहेका छन् ।