नेप्सेका प्रमुखद्वारा पदबहाली

काठमाडौं / रास – नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बुधबार पदभार ग्रहण गरेका छन् । नेप्से सञ्चालक समितिका अध्यक्ष लक्ष्मण न्यौपानेबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरी कार्यारम्भ सुरु गरेका हुन् ।

नेप्सेमा कार्यरत कर्मचारीसँगको संक्षिप्त परिचयात्मक कार्यक्रममा उनले नेपाल सरकार, नेपाल धितोपत्र बोर्ड, लगानीकर्ता, सदस्य धितोपत्र दलाललगायतका सरोकारवालासँग सम्बन्ध बनाई मुलुकको आवश्यकताअनुसार पुँजी बजारको विकास, लगानीकर्ता, स्टक एक्सचेन्ज तथा कर्मचारीको हित प्रबद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरे ।