ओखलढुंगा र पाँचथरमा लक्ष्मी बैंक

काठमाडांै / रास– लक्ष्मी बैंकले ओखलढुंगाको सिद्धिचरण नगरपालिका हुलाक डाँडामा र पाँचथरको फिदिममा शाखा विस्तार गरेको छ । यी जिल्लामा बैंकको शाखा सञ्चालन पहिलोपटक भएको हो ।

संयुक्त राष्ट्रसंघ पुँजी विकास कोष तथा लक्ष्मी बैंकबाट संयुक्त रूपमा सञ्चालित उन्नति  वित्तमा पहँुच परियोजनाअन्तर्गत पूर्वाञ्चलका ९ जिल्लाका ग्रामीण समुदायमा वित्तीय पहुँच पु¥याउने योजनाअन्तर्गत यी शाखा सञ्चालन गरिएको हो ।

अब लक्ष्मी बैंकको शाखा सञ्जाल ७१, ३ हस्पिटल सेवा काउन्टर, ९२ एटीएम, २ हजार ५ सयभन्दा बढी रेमिट्यान्स र ४ सयभन्दा बढी मोबाइल एजेन्ट पुगेको छ । यी शाखाका साथै  लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ र व्यापक बनाउने विश्वास राखेको छ ।

यस शाखाको विस्तारसँगै बैंकले ग्राहकहरूलाई इन्टरनेट बैंकिङ र मोबाइल फोनमार्फत बैंकिङ सेवाप्रदान गरी सहरी तथा अर्धसहरी क्षेत्रमा आफ्नो ब्रान्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरूप महŒवपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

सुविधाजनक नयाँ निक्षेप योजना र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाका साथसाथै व्यक्तिगत तथा साना व्यवसाय कर्जा सेवाहरू प्रदान गरी व्यक्तिगत र साना व्यवसाय बैंकिङ सेवाको दायरालाई फराकिलो पार्दै जाने लक्ष्य बैंकले लिएको छ ।