एनएलजी इन्स्योरेन्सको मोबाइल एप्स

काठमाडौं / रास– एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले एनएलजी मोबाइल एप्स सार्वजनिक गरेको  छ । यस मोबाइल एप्सबाट बिमाबारे  जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

मोबाइल एप्समार्फत ग्राहकले बिमा गर्न चाहेका सम्पत्तिको बिमा शुल्क गणना गर्नुका साथै विभिन्न प्रकारका बिमा लेखबारे  थप जानकारी प्राप्त गर्न सक्नेछन् । बिमा लेखले गर्ने जोखिम वहनबारे  जानकारी लिन सक्ने व्यवस्थासमेत एप्समा छ ।

निकट भविष्यमा एनएलजी एप्सबाट सम्बन्धित ग्राहकले आफ्नो बिमा लेखको तथा दाबी भुक्तानी प्रक्रियाबारे समेत थप जानकारी प्राप्त गर्न सक्ने जनाइएको छ । उक्त एप्स डाउनलोड गरी प्रयोगमा ल्याउन सकिने र एकपटक डाउनलोड गरिसकेपछि अफलाइनमा समेत प्रयोगमा ल्याउन सकिने विज्ञप्तिमा उल्लेख छ ।