नबिल बंैक सम्मानित

काठमाडौं / रास– नबिल बैंक आईएसओ ९००ः२०१५ द्वारा सम्मानित भएको छ । कुशल व्यवस्थापन प्रणालीका लागि नेपालमै सम्मानित हुने पहिलो कमर्सियल बैंक भएको पनि विज्ञप्तिमा उल्लेख छ । उक्त सम्मान युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स, युकेले प्रदान गरेको हो ।

आईएसओ ९००१ को नवीन संस्करण आईएसओ ९००१ः २०१५ अन्तर्गत उत्कृष्ट व्यवस्थापनका सात सिद्धान्तको आधारमा मूल्यांकन हुनेछ । जसअन्तर्गत व्यवस्थापनको ग्राहक प्रतिवद्धता, नेतृत्व क्षमता, जनसहभागिता, पहुँच प्रक्रिया, सुधार, प्रामाणिक आधारको निर्णय प्रक्रिया तथा कुशल सम्बन्ध व्यवस्थापनका पक्ष रहने पनि कम्पनीले जनाएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले यो सम्मानलाई बैंकको व्यवस्थापन अभ्यास तथा प्रक्रियामा क्रमिक रूपमा गरेको सुधार तथा विवेकशील व्यवस्थापन अनुपालन संस्कृतिलाई निरन्तर पालना गरेको प्रतिफलका रूपमा लिएको कम्पनीले जनाएको । बैंकले आर्थिक वर्ष २०७३÷७४ मा बैंकिङ उद्योगमा ३ अर्ब ६१ करोड नाफा गर्न सफल भएको र सेयरमा आम्दानी २६ दशमलव ६५ प्रतिशत र प्रतिसेयर आम्दानी ५८ दशमलव ४१ रहेको छ ।