आईएमई सेवाग्राही न्यौपानेलाई १० लाख नगद

काठमाडौं / रास– दसैं, तिहार र छठलाई लक्षित गरी आईएमईले ‘आईएमई छक्का–पञ्जा’ अफर अन्तर्गत नगद १० लाख राशिको पहिलो बम्पर उपहार आईएमई सेवाग्राही थानेश्वर न्यौपानेलाई प्रदान गरेको छ । कतारबाट नेपालमा रहेका आफन्तलाई २७ हजार ५ सय पठाएको न्यौपाने सफ्टवेयर पद्धतिमा आधारित छनोट कार्यक्रममा भाग्यशाली विजेता घोषित भएका हुन् ।

कार्यक्रममा आईएमईका ब्रान्ड एम्बासडर दीपकराज गिरीलगायत आईएमईका उच्चपदस्थ कर्मचारीको सहभागिता थियो । त्यस्तै तेस्रो १५ दिनको जीवन बिमा आईएमई सेवाग्राही विमल गौतमले प्राप्त गरेका छन् । सफ्टवेयर पद्धतिमा आधारित छनोट कार्यक्रममा यूएईस्थित अलअहलियाबाट नेपालमा पैसा पठाउने गौतम भाग्यशाली विजेता छनोट भएका हुन् ।

यही १२ भदौदेखि सञ्चालनमा ल्याइएको सेवाग्राहीमुखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौं सेवाग्राही सहभागी भई दैनिक ‘लक्की ड्र’बाट करिब २ हजार ७ सय जना आईएमई पे क्यासमार्फत पुरस्कृत भइसेका छन् । आगामी ३ मंसिरसम्म १२ हप्ता सञ्चालन हुने सेवाग्राहीमुखी कार्यक्रममा पैसा पठाउने सेवाग्राहीमध्येबाट ट्रान्जेक्सन नम्बर र नामका आधारमा सफ्टवेयर पद्धतिमा आधारित रही विजेता छानिने पनि कम्पनीले जनाएको छ ।