बुद्ध एयरको दुई दशक पूरा

काठमाडांै / रास– निजी वायुसेवा कम्पनी बुद्ध एयरले बुधबार आफ्नो २० वर्षे यात्रा पूरा गरेको छ । हवाई सुरक्षाको जोखिमलाई न्यूनीकरण गर्दै यात्रुलाई आरामदायी हवाई यात्राको अनुभूति गराउने मुख्य लक्ष्यका साथ बुद्ध एयरले आफ्नो सेवा थालेको थियो ।

बुद्ध एयरले आफ्नो प्रथम उडान अमेरिकामा निर्मित नया“ जहाजबीच १९००‘डी’ बाट पर्वतीय शृंखलाको मनोरम यात्राबाट थालनी गरेको थियो । सो उडान करिब १ घण्टाको थियो । सो उडानलाई ‘एभरेस्ट एक्सपेरियन्स उडान’ले चिनिन्छ । अहिलेसम्म आन्तरिक एवं बाह्य यात्रु गरी लाखौंले हवाई यात्राको अनुभव लिइसकेको बुद्ध एयरलाइन्सले जनाएको छ । मुलुकका सुगम विमानस्थलमा उडान भर्ने बुद्ध एयरले ६३ प्रतिशत बजार हिस्सा ओगटेको  जानकारी गराउँदै बुद्धले आफ्नो यस सफलताकापछि यात्रु, सरोकारवाला निकाय÷वित्तीय संस्थाहरूका साथै बुद्ध एयरमा कार्यरत ८ सय ६५ जना कर्मचारीको भूमिका नै महŒवपूर्ण रहेको जनाएको छ ।

बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित समयमै पूरा हुने आस गर्दै सन् २०२१ को १ देखि ३ वटा एयरबसबाट अन्तर्राष्ट्रिय उडान भर्ने आफ्नो योजना रहेको बताए । उनले आगामी १० वर्षमा ३२० सिरिजका २० विमानबाट सेवा विस्तार गर्ने योजना रहेको पनि बताए । सो एयरलाइन्सका बजार निर्देशक रूपेश जोशीले एउटा विमानबाट आफ्नो सेवा सुरु गरेको बुद्ध एयरस“ग हाल दुई वटा बिचक्राफ्ट, ७ वटा एटीआर एयरक्राफ्ट रहेको बताए । अर्को एटीआर विमान आगामी जनवरीको दोस्रो साता आइपुग्नेछ भने थप अर्को आगामी जुनभित्र ल्याउने योजना रहेको उनले बताए  । विगतका दुई दशकमा आरामदायी तथा जोखिमरहित यात्राका लागि बुद्ध एयरले कुनै प्रकारको सम्झौता गरेको दाबी गरेको छ । सो जानकारी दिन बुधबार विज्ञप्ति जारी गर्दै दक्षिण एसियाकै उत्कृष्ट ह्यांगर तथा यसका जनशक्तिलाई अद्यावधिक तालिमका लागि देशविदेश पठाउने गरेको बताएको हो ।

हवाई सेवा थप व्यवस्थित र अन्तर्राष्ट्रिय मान्यताअनुरूप उडानका लागि आन्तरिक परीक्षणका साथै विदेशी संस्थाहरूलाई पनि अडिटका लागि खटाउने गरेको सो कम्पनीले जनाएको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस“गै बुद्ध एयरले अन्तर्राष्ट्रिय हवाई जहाज उत्पादन गर्ने युरोपियन संस्था एयरबसस“ग पनि आन्तरिक सल्लाह र तयारी गरिरहेको जनाएको छ । उडानका लागि बुद्ध एयरले एयरबसका ३२० फेमिली सिरिजका  विमान पनि सञ्चालन गरिरहेको छ ।