चिनियाँ व्यवसायीलाई लगानी गर्न आग्रह

राजधानी समाचारदाता / काठमाडांै

नेपाल उद्योग वाणिज्य महासंघले चिनियाँ लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरे । नेपाली उद्यमी, व्यवसायी र नेपाल भ्रमणमा आएका चिनिया“ लगानीकर्ता सम्मिलित प्रतिनिधिमण्डलबीच भेटवार्तामा महासंघले त्यस्तो आग्रह गरेको हो । मंगलबार महासंघ सचिवालयमा दुई मुलुकबीचका व्यवसायी एवं लगानीकर्ताहरूबीच व्यावसायिक भेटवार्ता भएको हो ।

होटल तथा पर्यटन, पूर्वाधार निर्माण, कृषि, ऊर्जा, सूचना प्रविधिलगायतका क्षेत्रस“ग सम्बन्धित चिनिया“ लगानीकर्ताहरू नेपालमा लगानीको अवसर बारेमा यहाँका निजी क्षेत्रस“ग छलफल गर्न महासंघ सचिवालयमा पुगेका हुन् ।

चाइना वाटर इन्जिनियरिङ विभागका निर्देशक फिङ सिआओको नेतृत्वमा आएको १२ सदस्यीय चिनिया“ लगानीकर्ताहरूको प्रतिनिधिमण्डलस“ग भएको सो छलफलमा महासंघका तर्फबाट नेपालमा लगानी गर्न आग्रह गरिएको थियो ।

नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीहरूले निकै लाभ हासिल गरिरहेका उदाहरण दिँदै महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले चिनिया“ उद्यमीलाई स्वागत गर्दै बाह्य लगानी तथा प्रविधि खोजिरहेको नेपालमा निर्धक्क भएर लगानी गर्न आग्रह गरे । अहिले यहाँ लगानी गर्ने अनुकूल समय भएको जानकारी गराउँदै उनले चिनियाँ लगानीकर्ताहरूलाई निर्धक्क भएर नेपालमा लगानी गर्न आग्रह गरे ।

लगानीका क्रममा कुनैपनि समस्या आएमा त्यसलाई समाधान गर्न महासंघ तयार भएको बताउँदै वरिष्ठ उपाध्यक्ष गोल्छाले भने, ‘अहिले व्यावसायिक नाफा कमाउन सकिने मुलुकका रूपमा नेपाल स्थापित भइसकेको छ ।’ उनले चिनिया“ लगानीकर्ताहरूस“गको व्यावसायिक भेटवार्ता (बीटुबी) बाट सकारात्मक कार्यको थालनी हुनुका साथै यसले दुवै देशलाई व्यावसायिक रूपमा अझ बढी प्रगाढ बनाउने विश्वाससमेत व्यक्त गरे ।

महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ र कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले बाह्य लगानी आकर्षणका लागि सरकारी नीतिनियम उदार रहेको र अहिले यहाँको सरकार बाह्य लगानी आकर्षण गर्न लालायित रहेकाले ढुक्क भएर लगानी गर्न सकिने विश्वास दिलाए ।

लगानीका क्रममा स्थानीय तहमा कुनै समस्या आए त्यसलाई समाधान गर्न सरकार तथा निजी क्षेत्र दुवै तयार रहेको भन्दै उनीहरूले पछिल्लोपटक अवलम्बन गरिएका नीतिनियमले समेत लगानीको वातावरण थप सहज बनाएको बताएका थिए ।

चिनिया“ प्रतिनिधिमण्डलका तर्फबाट चाइना वाटर इन्जिनियरिङ विभागका निर्देशक फिङ सिआओले नेपालमा लगानी गर्न चिनिया“ लगानीकर्ताहरू निकै इच्छुक रहेको र नेपालमा लगानीका क्षेत्र एवं सरकारी नीति नियमका बारेमा जानकारी लिन नेपाल भ्रमणमा आएको बताए ।

उनले आफूहरूको यस भ्रमणको क्रममा नेपाल सरकार र महासंघस“गको भेटवार्ता निकै उपलब्धिमूलक रहेको बताए । चिनियाँ प्रतिनिधिमण्डलका तर्फबाट परियोजना स्थापनाका क्रममा स्थानीय क्षेत्रमा आइपर्ने जग्गाप्राप्ति, वनलगायतमा आउने समस्या समाधानका विषयमा जिज्ञासा राखिएको थियो ।

चिनिया“ प्रतिनिधिमण्डलले आगामी दिनमा अन्य क्षेत्रमा समेत लगानी गर्न आफूहरू इच्छुक रहेको धारणा राखेका थिए । सोही क्रममा दुवै देशका व्यवसायीबीच क्षेत्रगत रूपमा छुट्टाछुट्टै व्यावसायिक भेटवार्तासमेत सम्पन्न भएको महासंघले जनाएको छ ।