आठ सय टाटा टियागो बिक्री

काठमाडांै / रास– एक वर्षको अवधिमा ८ सय टाटा टियागो गाडी बिक्री भएको छ । टाटाका नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी टे«डिङले विगत एक वर्षमा उक्त गाडी बिक्री गरेको हो । ह्याचब्याक प्रिमियमयुक्त यो गाडीको पेट्रोल भर्जनको मूल्य २२ लाख ५५ हजार रुपैयाँबाट सुरु भएको छ ।

यसमा कनेक्ट नेक्स नेभिगेसन र आठ स्पिकर सिस्टमसहितको इन्फोटेन्मेन्टजस्ता विशेषता रहेका छन् । यो गाडीमा जडित मल्टी ड्राइभको सुविधा अरू उच्च दर्जाका गाडीमा मात्र पाइने खालको रहेको दाबी कम्पनीले गरेको छ । यसमा रियर स्पोइलर, ठूलो हेडल्याम्प एवं पछाडिको ल्याम्पमा ब्ल्याक एसेन्टको अतुलनीय विशेषता छ । बजारमा ग्राहकवर्गले नयाँ चारपांग्रे खरिद गर्दा कम इन्धन खपत गर्ने खालका गाडीलाई बढी प्राथमिकता दिने गरेको विज्ञप्तिमा उल्लेख छ ।