टोखामा दृष्टि आँखा केन्द्रको शाखा

काठमाडांै / रास– दृष्टि आँखा केन्द्रले टोखामा शाखा विस्तार गरेको छ । यसअघि झापाको बिर्तामोड, पर्साको वीरगन्ज तथा जमललगायतका स्थानमा शाखा सञ्चालन गरी सेवा प्रदान गर्दै आएको केन्द्रले आफ्नो सेवा विस्तारका क्रममा आठौं शाखाका रूपमा टोखा शाखा विस्तार गरेको हो ।

टोखामा स्थापना गरिएको दृष्टि आँखा केन्द्रमा आँखाको परीक्षण, चस्मा परीक्षण तथा चस्मासम्बन्धी सुविधा, मोतियाबिन्दुको परीक्षण, जलबिन्दुको परीक्षणका साथै आँखाको पर्दाको जाँचको सुविधासमेत उपलब्ध गराइने विज्ञप्तिमा उल्लेख छ ।

आँखा परीक्षणमा सबैको सहज पहुँच पु¥याउन पाँच वर्षमुनिका बालबालिका र ७० उमेर पुगेकालाई निःशुल्क आँखा परीक्षणको व्यवस्था गरिएको छ । त्यसैगरी, अपांग भएका, एकल महिला र दलित समुदायको हकमा ६० वर्ष पुगेकालाई निःशुल्क आँखा परीक्षणको सहुलियत प्रदान गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।