भोजपुरको टेम्के मैयुङमा गोर्खाज फाइनान्स

काठमाडौं / रास– गोर्खाज फाइनान्सले भोजपुरको टेम्के मैयुङ गाउँपालिका अन्नपूर्णमा शाखा सञ्चालनमा ल्याएको छ । योसँगै फाइनान्सको १९ शाखा ४ एटीएम, चिपमा आधारित युनियन पे–कार्ड, मोबाइल बैंकिङ, ई(बैंकिङ, आस्बा, एबीबीएस, आईपीएस, रेमिटेन्सलगायत सम्पूर्ण आधुनिक बैंकिङ सेवाहरू उपलब्ध गराउँदै आएको छ ।

संस्थाका अध्यक्ष महेन्द्रलाल राई, गाउँपालिका अध्यक्ष धु्रवराज राई तथा समाजसेवी भीमप्रसाद राईले उक्त शाखा कार्यालयको औपचारिक उद्घाटन गरेका हुन् । दूरदराजमा रहेका जनताबीच बैंकिङ सेवा तथा सचेतना दिई कृषि तथा पर्यटन क्षेत्रमा लगानी बढाउने अध्यक्ष महेन्द्रलाल राईले बताए । गोर्खा समूहका संयोजक तथा लगानीकर्ता पुरञ्जन राईले शाखाले भोजपुरका गाउँपालिकालगायत खोटाङ जिल्लाको पूर्वी भेगका जनतालाई समेत सरल तथा सहज बैंकिङ सेवा उपलब्ध हुने जनाएको छ ।