अन्नपूर्ण हिमाल हेर्न बेलुनको प्रयोग

काठमाडौं / रास– बेलुन नेपाल प्रालिले बेलुनमा बसेर अन्नपूर्ण हिमाल र पोखराको दृश्यावलोकन गराउने भएको छ । बेलुन नेपाल प्रालिले अमेरिकाको एडम्स बेलुनसँग बेलुन खरिद गरी पोखरा र अन्नपूर्ण हिमालको दृश्यावलोकन गराउने भएको हो । यसका लागि प्रालिले बेलुन खरिद गरिसकेको जानकारी दिएको छ ।

पोखराको धम्पुसबाट उडान गरी मार्दी खोलाको तीरमा अवतण गर्ने योजनासहति बेलुन नेपालले यस्तो गर्न लागेको हो । एकपटकमा ६ जनासम्म उडान गर्न सक्ने बेलुन खेलको शुल्क साढे ८ सय रुपैयाँ रहेको छ । खेलमा आवश्यक सम्पूर्ण सुरक्षाको जिम्मा लिएको बेलुन नेपालले आधा घण्टा उडान गरी मनोरञ्जन दिने जानकारी दिएको छ ।