वेस्टर्न युनियनको विजेता छनोट

काठमाडौं / रास– वेस्टर्न युनियनले दसैंतिहार तथा छठको अवसरमा ल्याएको ‘सम्बन्धको उत्सव’ नारासहितको योजनाको विजेता छनोट गरिएको छ ।

यो अभियानअन्तर्गत सामसङ जे–७ प्रो जित्ने विजेता अर्जुन ओली, कैलाश ज्ञवाली, आशा मगर, प्रकाश जोशी, गोविन्ददास श्रेष्ठ, धनध्वज लिम्बू, सुकमाया मोक्तान र अब्दुल करिम मिया रहेका छन् ।

यो अभियानले दैनिक रूपमा विजेता ग्राहकलाई ५० देखि ५ सय रुपैयाँसम्मको रिचार्ज ब्यालेन्स प्रदान गर्दै आएको थियो । यो योजनाले विदेशमा रहेर चाडपर्व मनाउन नपाउने नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई नजिक ल्याउनुका साथै वेस्टर्न युनियनले आफ्नो सेवामार्फत ग्राहकहरूलाई आफ्ना आफन्तसँग नजिक भएको अनुभूति गराउन गरिएको विज्ञप्तिमा उल्लेख छ । यो योजना १८ भदौदेखि सुरु भई ११ कात्तिकमा सम्पन्न भएको थियो ।