सिद्धार्थ बैंक र नेसनल बैंकिङ इन्स्टिच्युट सम्झौता

काठमाडौं / रास– सिद्धार्थ बैंक र नेसनल बैंकिङ इन्स्टिच्युटबीच कर्मचारीको दक्षता अभिवृद्धिसम्बन्धी विभिन्न तालिम कार्यक्रम सञ्चालन गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेसनल बैंकिङ र सिद्धार्थ बैंकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यसअनुसार एनबीआईले सिद्धार्थ बैंकका कर्मचारीको कार्यदक्षता विकासका लागि विभिन्न तालिम उपलब्ध गराउनेछ । सम्झौताअनुसार बैंकले नेसनल बैंकिङ इन्स्टिच्युटबाट ५० लाखबराबर रकमको आफ्नो कर्मचारीहरूका लागि वार्षिक तालिम सञ्चालन गराउने भएको छ ।

उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतम र नेसनल बैंकिङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाबीच हस्ताक्षर भएको छ । हाल बैंक ग्राहकको सेवा र सुविधाका लागि ७७ शाखा, ३ एक्सटेन्सन काउन्टर १ सय ३ एटीएम, ७० शाखारहित बैंकिङ सेवा र ५ सय ५० भन्दा बढी पीओएसमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।