गरिमा बैंकका चार शाखा विस्तार

काठमाडौ / रास– काठमाडांै लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले कपिलवस्तु जिल्लाको चन्द्रौटा बजार, रूपन्देहीको फर्साटिकर, खैरेनी र मणिग्राम गरी एकैपटक चारवटा शाखा विस्तार गरेको छ ।

शिवराज नगरपालिकका मेयर नेत्रराज अधिकारीले चन्द्रौटा शाखा कार्यालय र शुद्धोदन गाउँपालिकाका अध्यक्ष किसुनचन्द चौधरीले फर्साटिकर शाखा कार्यालयको उद्घाटन

गरेका थिए । सोमबार विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले खैरेनी शाखा कार्यालय र नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका निर्देशक अशोककुमार पौडेलले विकास बैंकको ४९औं शाखा कार्यालयको रूपमा मणिग्राम शाखा कार्यालयको उद्घाटन गरेका थिए ।

मणिग्राम शाखा कार्यालयको सञ्चालनसँगै हाल विकास बैंकका ४९ वटा शाखा कार्यालय सञ्चालनमा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।

बैंकका राजधानीमा ६ शाखा कार्यालयसहित देशभर ४९ वटा शाखा कार्यालय सञ्चालनमा रहेका छन् । विकास बैंकले यो आर्थिक वर्षभित्र प्रदेश १ को झापा, मोरङ र सुनसरीमा गरी कम्तीमा १० वटा शाखा कार्यालय स्थापना गर्ने लक्ष्य लिएको छ ।