सांग्रिला डेभलपमेन्ट बैंक १४औं वर्षमा प्रवेश

काठमाडौं / रास– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड १३ वर्ष पूरा गरी चौधौं वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा बैंकको केन्द्रीय कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आमाघरका ३० जना वृद्धवृद्धालाई खाद्यान्न सामग्री, ग्याँस वितरण तथा भोजन गराएको बैंकले जनाएको छ । बैैंकका सञ्चालक चूडामणि ढकाल, निरनकुुमार श्रेष्ठ, प्रमुुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल तथा नायब प्रमुुख कार्यकारी अधिकृत दिनेश थकालीको उपस्थितिमा उक्त कार्यक्रम गरिएको हो ।

सो अवसरमा क्षेत्रीय कार्यालय, पोखराले बैंकका अध्यक्ष प्रा.डा. रवीन्द्रप्रसाद श्रेष्ठ तथा सञ्चालक शिवलाल मल्ल तथा पूूर्वअध्यक्ष प्रा. सुुरेन्द्रबहादुुर भारिजूको उपस्थितिमा पोखराको लेखनाथस्थित राधाकृष्ण वृद्धाश्रमका ४५ वृद्धवृद्धालाई न्यानो लत्ताकपडा, खाद्यान्न वितरण तथा भोजन गराएको पनि विज्ञप्तिमा उल्लेख छ ।

क्षेत्रीय कार्यालय, नेपालगन्जमा बंैकका सञ्चालक अच्यूतप्रसाद प्रसाईंले नीलसागर वृद्धाश्रम तथा भेरी वृद्धाश्रम गई २६ जना वृद्धवृद्धालाई न्यानो लत्ताकपडा, खाद्यान्न वितरण र भोजन गराएको बैंकका प्रमुुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेलले बताएको पनि बैंकले जनाएको छ ।

बैंकले आव २०७३÷७४ को असार मसान्तसम्म निक्षेप संकलन १३ अर्ब ८७ करोड तथा कर्जा प्रवाह ११ अर्ब ६७ करोड गरी सञ्चालन नाफा ५४ करोड ८८ लाख आर्जन गर्न सफल भएको बैंकका नायब प्रमुुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए । कुल ३५ शाखा एउटा एक्सटेन्सन काउन्टर तथा ६ वटा लघुवित्त शाखा रहेको छ ।