हार्ने महिलाहरु सामाजिक पीडामा , जित्ने महिलाहरु अलमलमा

कमल शर्मा  / राजधानी
दैलेख १४ कात्तिक

दैलेख गुराँस गाउँपालीका वडा नः ४ की हरिमाया सारु मगर स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस बाट गाउँपालीकाको उपाध्यक्षको उम्मेदवार दिने सोचमा थिइन । उपाध्यक्षको उम्मेदवारको पार्टिले नबनाएपछि सबैको सल्लाहामा वडा सदस्यमा उम्मेदवार भएकी उनी अन्त्यमा १ मतले पराजीत हुन प¥यो । घरमा श्रीमान माओबादीको नेता हुँदा पनि आफु काग्रेस बाट उम्मेदवार भएकी उनले अन्तीममा १ मतले पराजीत भएपछि घरमा उनलाई दैनिक त्यो पराजीतको पिडाले मानसिक समस्यामा छीन । उनलाई घरका श्रीमानले किचकिच गर्ने भएपनि समाजमा समेत फलानाकी श्रीमती चुनाव हारि ठिक्क भयो भन्ने धैरै भएकाले पनि आफु समाज बाट समाजीक हिंसामा परेको बताइन ।

फोटा : मनोविमर्स तालीममा सहभागी चामुण्डा बिन्द्रासैनी नगरपालीकामा बिजयी भएका महिलाहरु ।

गुराँस गाउँपालीका वडा न : ५ की याम कुमारी चन्द नेकपा एमाले बाट टिकट पाइन । उनले आफु पहिला महिला संजालको अध्यक्ष भएर काम गरेको र सबैको मन जितेकाले आफु निर्वाचनमा बिजयी हुने उनको बिश्वास साकार हुन सकेन । उनी पराजीत भइन । अहिले उनलाई समाजले समेत फलानकी श्रमिती पराजीत भएको भन्दै जिस्काउने गरेकालmे पनि आफु समाजीक पीडामा भएको बताइन ।

चामुण्डाबिन्द्रासैनी नगरपालीकान वडा न ४ बाट नेकपा एमले बाटखुल्ला महिला वडा सदस्यमा उम्मेदवार भएकी बसन्ता सापकोटाले घरकी आफनै जेठानी संग निर्बाचनमा पराजय भइन । घरकी जेठानी नेपाली काँग्रेस र आफु एमाले बाट उम्मेदवार भएपछि उनको घर परिवारमा पारिवारी कलह जस्तै भयो । निर्वाचनको मत परिणाम आउनु अघि जसले जीतेपनि घरमै वडा सदस्य आउछ भन्ने जेठानी निर्बाचनमा जितेपछि बोल्नै छाडेपछि अहिले समस्यामा छिन ।
निर्वाचनकै कारण परिवारका सदस्य संग बोलचाल बन्द भएपछि घरका अन्य सदस्यले यसकै कारण यस्तो भएको भन्दै अपमान गर्न थालेपछि उनी पनि सामाजीक पिडामा आफु भएको बताईन । उनले आफ्ना छोरा छोरी नभएका कारण निर्बाचनमा हाुर्न प¥यो । निर्बाचन लड्दा आफ्न्त चाहिने बताइन ।
चामुण्डाबिन्द्रासैनी नगरपालीका वडा नः १ मा नेकपा एमाले बाट दलित महिला सदस्यमा निर्बाचीत भएकी कौशीला बिकले आफुहरु निर्वाचनमा जितेपनि आफुहरुले कुनै काम गर्न नसकेको बताइन । आफुहरुका योजना समाबेश हुन नसकेको भन्दै अहिले घर र सामाज बाट केही काम गर्न नसेको भन्दै आलोचना भएपछि अब के गर्ने भन्ने अन्यौलमा आफु रहेको बताइन ।

आफुहरुले जनताका योजनाहरु ल्याएपनि आवश्यक पर्ने रकम नभएको भन्दै योजना समाबेश नभएपछि आफुहरु किन जितयो भन्नेमा पुगेको बताइन । उनले निर्वाचनको बेला स्थानीय जनता संग गरेको बाँचा पुरा हुन नसकेको भन्दै दुःख ब्यक्त गरिन ।  उनी जस्तै स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर बिजयी भएका महिला समेत आफुहरुले भनेको योजना समाबेश नभएर र जनता गरेका बाँचा पुरा हुन नसक्ने देखीपनि उनीहरु अन्यौलमा भएको भगवतीमाई गाउँपालीका वडा न ः २ की सदस्य सितला जैसीले बताइन ।

१९ बर्षपछि सम्पन्न चुनावमा महिलाहरुलाई बिभिन्न पदहरुमा अनिवार्य उपस्थिती हुनुपर्ने कानुनी व्यवस्था गरेकै कारण दैलेखका ११ वटा स्थानीय तह र ९० वटा वडाहरुमा बिभिन्न पदमा महिलाहरुले उम्मेदवारी दिए । चुनाव हारेकै कारण सामाजिक समस्या भोग्दै आएका महिलाहरुलाई मनोविमर्स तालिम सँगै उनिहरुलाई थप आत्मबल बढाउनका लागी ११ वटै स्थानीय तहमा अर्जेन्ट एक्सन फण्डको सहयोगमा महिला सशक्तिकरण मञ्चले बिभिन्न स्थानहरुमा चुनाव जीतेका र हारेका महिलाहरुलाई छुटा छुटै परामर्स तालिम संचालन गरेको छ ।