कांग्रेसले खटायो ३२ जिल्लामा केन्द्रीय प्रतिनिधि

राजधानी समाचारदाता / काठमाडौं

नेपाली कांग्रेसले आगमी १० मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा केन्द्रीय प्रतिनिधि खटाएको छ । पार्टीको केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक बालकृष्ण खाँडले पहिलो चरणमा सम्पन्न हुने ३२ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको  जानकारी दिए ।

उनका अनुसार प्रतिनिधिले आफ्ना पार्टीका उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्ने र अत्यधिक मतका साथ पार्टी र उम्मेदवारहरूलाई विजयी गराउन सहयोग गर्नेछ ।

कांग्रेसले सोलुखुम्बुमा खिलानाथ दाहाल, संखुवासभामा धना खतिवडा, भोजपुरमा तारामान गुरुङ, ओखलढुंगामा मृदुला कोइराला, ताप्लेजुङमा केशवकुमार बुढाथोकी, पाँचथरमा  वेनुपराज प्रसाई, खोटाङमा रमा पौडेललाई खटाएको छ ।

यस्तै, नुवाकोट प्रा. वासुदेव घिमिरे, रसुवा बहादुर सिंह लामा, धादिङ रामेश्वर उपाध्याय, सिन्धुपाल्चोक मीन विश्वकर्मा, दोलखा पुष्पा भुसाल, रामेछाप शोभाकर पराजुली, मुस्ताङ      शोभियतबहादुर अधिकारी, म्याग्दी तिलक रानाभाट, बागलुङ कुमार खड्का,  मनाङ डा. हिमलाल घिमिर, लम्जुङ धनबहादुर मास्की राना र गोरखामा भेषराज दुवाडी खटिएका छन् ।

यसैगरी, रूकुम (पूर्वी भाग) कृष्ण कार्की, रोल्पा पार्वता डीसी चौधरी, रुकुम (पश्चिम भाग) गेहेन्द्र गिरी, जाजरकोट      गोविन्द मल्ल, हुम्ला डा. प्रमोद अर्याल, मुगु डिल्लीराज तिवारी, जुम्ला सरस्वती शाह, कालिकोट आशा विक, डोल्पा विद्या खनाल, दार्चुला नरेन्द्रसिंह भण्डारी, बझाङ ंकरप्रसाद पाण्डे, बाजुरा      अरुणप्रकाशसिंह राठौर, बैतडीमा दिलेन्द्रप्रसाद बडूलाई केन्द्रीय प्रतिनिधि खटाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।