सत्तारूढ दलबाटै गुन्डागर्दी र आक्रमण : एमाले

राजधानी समाचारदाता / काठमाडौं

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदातालाई आतंकित पार्न सत्तारूढ दलहरूबाट गुन्डागर्दी एवं आक्रमणका घटनाहरू बढ्दै गएको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ । एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका साझा उम्मेदवारलाई लक्षित गर्दै आक्रमण एवं गुन्डागर्दी बढेपछि एमालेले सरकार र निर्वाचन आयोगसँग सुरक्षाको माग गरेको छ । आइतबार एमाले नेता विष्णु रिमालले जारी गरेको विज्ञप्तिमा मतदातालाई आतंकित पार्न सत्तारूढ दलबाटै यस्तो गुन्डागर्दी एवं आक्रमण भएको आरोप लगाइएको छ ।

‘मुलुकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकि“दै जा“दा सत्ताधारी दलहरूबाट विभिन्न खालका गुन्डागर्दी र आक्रमणका घटनाहरू बढाउ“दै मतदाताहरूलाई आतंकित पार्ने कतिपय प्रयासहरूप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

वाम गठबन्धनका साझा उम्मेदवार रहेका माओवादी केन्द्रका नेता एवं बिनाविभागीय मन्त्री जनार्दन शर्मामाथि रुकुममा निर्वाचन प्रचारप्रसारका क्रममा चौरजहारी नगरपालिकाको गाइरीमा गत शुक्रबार बम प्रहार भएको र शनिबार प्रतिनिधिसभा रोल्पाका वाम गठबन्धनका उम्मेदवार वर्षमान पुनमाथि रोल्पाकै माडीगाउ“मा बम आक्रमण प्रयासको एमालेले भत्र्सना गरेको छ ।

निर्वाचन नजिकि“दै जा“दा सत्तासंरक्षित गुन्डागर्दीका रूपमा सोलुखुम्बुमा वाम गठबन्धनका साझा उम्मेदवारको प्रचार सामग्री च्यात्ने, नष्ट गर्ने र समर्थकहरूलाई धम्क्याउने, तर्साउने कार्यहरू भइरहेको प्रति एमालेले खेद व्यक्त गर्दै त्यस्ता कार्यमा संलग्नलाई तुरुन्त कारबाही गर्न माग गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन १० र २१ मंसिरमा दुई चरणमा गर्ने भनिए पनि यस्ता क्रियाकलापले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष, स्वतन्त्र एवं भयरहित वातावरणमा सम्पन्न हुनेमा एमालेले शंका व्यक्त गरेको छ ।

दुवै चरणको निर्वाचन स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्न आग्रह गर्दै एमालेले आपराधिक क्रियाकलापमा संलग्नलाई कारबाही गर्न सरकार र निर्वाचन आयोगसँग मागसमेत गरेको छ ।