बुढीगण्डकी जलविद्युत आयोजना : चिनियाँ कम्पनीलाई प्रचण्डले अनुमति दिए, देउवाले खारेज गरे

काठमाडौं, २७ कात्तिक । सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गरेको छ ।

ऊर्जामन्त्री कमल थापाले सोमबार बसेको मन्त्रिपरिषद बैठकले चिनियाँ कम्पनी गेजुवा गु्रपसँग भएको सम्झौता खारेजको निर्णय गरेको जानकारी दिए । उनले अनियमित र हचुवा ढंगले सम्झौता भएकाले संसदीय समितिको निर्देशन बमोजिम सो निर्णय खारेज गरिएको बताए ।

माओवादी अध्यक्ष प्रचण्डको नेतृत्व रहेको सरकारका पालामा यो सम्झौता भएको थियो । बुढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णयको नयाँशक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले पनि विरोध गर्दै आएका छन् ।