कला, संस्कृति र सम्पदाको नगरी बनाउ“छु : भुसाल

राजधानी संवाददाता / ललितपुर

ललितपुर–३ की वाम गठबन्धनकी साझा उम्मेद्वार पम्फा भुसालले आफ्नो क्षेत्रलाई कला, संस्कृति र सम्पदाको नगरी बनाउने प्रतिबद्धता ब्यक्त  गरेकी छन् ।

लगनखेलमा आइतबार पत्रकार सम्मेलन गर्दै उनले १२ बुँदामा समेटिनेगरी चुुनावी प्रतिबद्धता सार्वजनिक गरेकी छन् । सुनाकोठी, ठेचो, बुङ्मती, खोकनालगायतका परम्परा र प्राचीन सभ्यता बोकेको नगरी आफ्नो क्षेत्रमा रहेको बताउ“दै उनले कला, संस्कृति र सम्पदा संरक्षणसहित दिगो र पर्यटन विकास गर्ने योजना पनि सुनाइन् ।

‘सडक मर्मत तथा यातायात व्यवस्थासहित बाग्मती, नक्खु कर्मनाशा कोरिडोर निर्माण मेरो योजना हो,’ उनले भनिन्, ‘स्वरोजगार तथा रोजगारी व्यवस्थासहित कृषि र विज्ञान प्रविधिलाई प्राथमिकता दिनेछु ।’

उनले महिला, बालबालिका, युवा र ज्येष्ठ नागरिकका लागि विशेष कार्यक्रम ल्याउने बताइन् । यसैबीच, एमाले महासचिव ईश्वर पोखरेलले एमाले र माओवादी केन्द्रबीचको मुद्दा मिलेको बताएका छन् ।

राजधानीमा आइतबार आयोजित कार्यक्रममा बोल्दै निर्वाचनका कारण मात्रै केही अलमल भएको बताउ“दै उनले तत्काल म्ुद्दा मिलेको विषयबाट एकीकरण प्रक्रिया अघि बढिसकेको बताएका हुन् ।  पार्टी एकीकरण प्रक्रिया अघि बढिसकेकाले त्यसमा दुवै पार्टीका कार्यकर्ता भावनात्मक रूपमा एक हुन थालिसकेको दाबी गर्दै महासचिव पोखरेलले एमाले र माओवादीबीच विचार मिलिसकेको बताए । ‘विगतमा कार्यनीतिक बाटोमा मेल नभएको’ स्मरण गराउ“दै उनले उद्देश्य मिलेकाले नै वाम गठबन्धन सम्भव भएको उल्लेख गरे । ‘जनताले यहाँ मलाई चिन्न कुनै समस्या छैन, हार्दा पनि यहाँका जनताको साथमा रहेको छु,’ उनले भने, ‘विकास निर्माणका हरेक काममा साथ दिएको छु, म कही“ कतैबाट पोखिएर उम्मेदवार बनेको होइन, यस क्षेत्रमा सामाजिक सम्बन्धन स्थापित गरेको छु, यसपटक जित सुनिश्चत छ ।’