प्राइम लाइफको हकप्रद सेयर

काठमाडौं / रास– प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ बराबर १ दशमलव ६ को दरले हकप्रद सेयर जारी गर्ने भएको छ । सो सेयर जारी गर्न  आइतबार प्राइम लाइफ इन्स्योरेन्स र सिद्धार्थ क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो ।

सम्झौतामा प्राइम लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई र सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले हस्ताक्षर गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ६८ करोड ६५ लाख २० हजार पुग्ने कम्पनीले जनाएको छ ।