सिटी एक्स्प्रेसको नवौं साताको विजेता छनोट

काठमाडौं / रास– सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको नवौं साताको विजेताहरू घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्रमार्फत चाँदीका सिक्का तथा ओप्पो फोन विजेताको घोषणा गरेको हो ।

चाँदीको सिक्का विजेताका रूपमा रुक्मिनीकुमारी देवी, लक्ष्मी राई, गुमादेवी कँडेल, सुशीलाकुमारी यादव, सुनिता लोप्चोन र लक्ष्मी अधिकारी छनोट भएका छन् । त्यसैगरी ओप्पो फोन विजेताका रूपमा सुनसरीकी रनिता साडा छनोट भएकी छन् । लामो समयदेखि मनी ट्रान्सफरसम्बन्धी सेवा उपलब्ध गराइरहेको सिटी एक्स्प्रेसले दसैं तिहार र छठलाई लक्षित गर्दै उपहार योजना सञ्चालन गरेको हो । कम्पनीले यसपटक आफ्ना उपभोक्ताका लागि ९० दिनसम्म चल्ने उपहार योजना सार्वजनिक गरेको थियो ।

सिटी एक्स्प्रेसका अनुसार उपहार योजनाअन्तर्गत उपभोक्ताले दैनिक एक तोला चाँदीका सिक्का, क्याप, टीसर्ट र किरिङ उपहार जित्न सक्छन् । त्यसैगरी साप्ताहिक रूपमा एक जना भाग्यशाली विजेताले ओप्पो मोबाइल र हरेक महिना एक जनालाई एलजी रेफ्रिजिरेटर उपहार प्रदान गरिने छ । उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहारका रूपमा रेनोल्टको क्विड आरएक्सएल कार जित्न सक्नेछन् । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेतासमेत बम्पर उपहारका लागि छनोट हुने जानकारी दिएको छ ।