नेपालगन्जमा ज्योति लाइफ इन्स्योरेन्स

काठमाडौं / रास– बाँकेको नेपालगन्जमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले क्षेत्रीय कार्यालय सञ्चालन गरेको छ  । यो कम्पनीको १५औं शाखा हो । योभन्दा अघि कम्पनीले काठमाडांै उपत्यकाका ज्ञानेश्वर, गोंगबु, जोरपाटी, कीर्तिपुर, पुल्चोक र सूर्यविनायक तथा उपत्यकाबाहिर नारायणगढ, वीरगन्ज, पोखरा, चन्द्रनिगाहपुर, सिन्धुली, निजगढ, टिकापुर र बनेपासमेत १४ शाखा तथा उपशाखा कार्यालयबाट सेवा प्रदान गरिरहेको पनि कम्पनीले जनाएको छ ।

क्षेत्रीय कार्यालय सञ्चालनपछि आसपासका विभिन्न जिल्लाका दुर्गम तथा सुगम क्षेत्रका जनमानसमा बिमाको साक्षरता तथा पहुँच अभिवृद्धि गर्नमा सहयोग पुग्ने दाबी पनि कम्पनीले गरेको छ ।

कम्पनीको प्रवद्र्धकमा व्यक्ति तथा संस्था गरी ४२ जना रहेका छन् । अधिकृत पुँजी ३ अर्ब, जारी पुँजी २ दशमलव २० अर्बमध्ये हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम १ अर्ब ५४ अर्ब चुक्ता पुँजी रहेको यस कम्पनीले निकट भविष्यमा ६६ करोडको सर्वसाधारणका लागि सेयर जारी गरी चुक्ता पुँजी २ दशमलव २० अर्ब पु¥याउने पनि विज्ञप्तिमा छ ।

हाल पाँचवटा जीवन बिमा योजना जारी गरी सेवा प्रदान गरिरहेकोे यस कम्पनीले आगामी दिनमा नयाँ बिमा योजनाहरू जारी गर्दै निकट भविष्यमा जनकपुर र विराटनगरबाट सेवा शुभारम्भ गर्ने तथा केही समयभित्र देशका सात वटै प्रदेशमा क्षेत्रीय कार्यालय स्थापना गरी दुर्गम भागमा समेत सेवा विस्तार गर्ने पनि कम्पनीले जनाएको छ ।