पोखरा फाइनान्सको सफा नोट अभियान

काठमाडौं / रास– पोखरा फाइनान्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकिङ साक्षरता एवं सफा नोट अभियान ¥याली आयोजना गरेको छ । संस्थाको कुंडहरस्थित शाखा कार्यालयबाट सुरु गरिएको उक्त ¥याली चाउथे चोक हुँदै पुनः औद्योगिक क्षेत्रमा आई समापन भएको हो ।

¥यालीमा वित्तीय संस्थाका कर्मचारी एवं सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो । चुक्ता पुँजी ६५ दशमलव ५७ करोड रहेको यस वित्तीय संस्थाले निकट भविष्यमा १५ प्रतिशत हकप्रद एवं आव २०७३÷७४ को नाफाबाट समेतबाट ८० करोड रुपैयाँ पु¥याउने वित्तीय संस्थाका कार्यकारी प्रमुख राजकुमार गुरुङले बताएको पनि विज्ञप्तिमा उल्लेख छ ।