हतियार बरामद

सुनसरी / रास– प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिँदै गर्दा इलाका प्रहरी कार्यालय इटहरीले स्थानीय मनोज चौधरीको घरबाट ठूलो परिमाणमा हातहतियार बरामद गरेको छ । इटहरी–४ स्थित चौधरीको घर खानतलास गर्दा निजको कोठाबाट प्रहरीले ठूलो परिमाणमा भण्डारण गरी राखिएको हतियार बरामद गरेको हो ।

केही दिनअघि इटहरीमा सामान्य विवाद हुँदा नै आरोपी मनोज चौधरीले गोली चलाएको आरोप लागेको थियो । गोली काण्डमा चौधरी संलग्न भएको पुुष्टि गर्दै निजको घर खानतलासी गर्दा प्रहरीले हतियार बरामद गरेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सञ्जयकुमार राउतले बताए ।