दुर्घटनामा एक जनाको मृत्यु

नवलपरासी / रास– नवलपरासीको गैंडाकोट–८ जयश्री पुलनेर ट्याक्टरको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार स्कुटरमा सवार भरतपुर महानगरपालिका–२३ का ३० वर्षीय युवराज अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।