अध्यक्षमाथि आक्रमण

संखुवासभा / रास– आगामी १० मंसिर हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रचारप्रसारको क्रममा नेरास्ववियु संखुवासभाका अध्यक्ष राजेश खड्कामाथि नेपाली कांग्रेसका कार्यकर्ताले हातपात गरेका छन् ।

पाँचखपन नगरपालिकाको जलजलामा प्रचारप्रसारको क्रममा सामान्य विषयमा विवाद हुँदा गत आइतबार कांग्रेसका कार्यकर्ताले खड्कामाथि हातपात गरेका हुन् ।