बिश्व रेडियोका सह-अध्यक्ष शाही चुनावी मैदानमा

प्रेमराज सिम्खाड / कालिकोट

सामुदाय रेडियोहरुको बिश्व संगठन अमार्कका सहअध्यक्ष मीनवहादुर शाही चुनावी मैदानमा उत्रिएका छन । आगामी मंसिर १० गते हुन लागेको पहिलो चरणको संघ र प्रदेशको चुनावमा सहअध्यक्ष शाही आफै मैदानमा उत्रिएका हुन ।  उनि लामो समय देखि सामुदायीक रेडियो प्रशारक संघ हुदै सामुदायीक रेडियोहरुको बिश्व संगठन अर्माक सम्म पुगेका थिए । कर्णालीको जुम्ला जिल्ला प्रशासनमा दर्ता भएको किर्डाक नेपालको सस्थापक अध्यक्ष समेत रहेका शाही सबै क्षेत्रवाट राजिनामा गदै चुनावमा होमिएका हुन । प्रत्येक्ष तर्फका्े उम्मेदवार वन्न तम्सीएका शाही बाम गठवन्दन वनेपछि समानुपातिकको लिस्टमा परेका हुन ।
नेकपा एमालेका केन्द्रिय स्कुल बिभागका सदस्य समेत रहेका शाहीको एमालेको समानुपातिक वन्द सुचिमा ४७ औँ नम्वरमा नाम समावेश भएको छ । नाम वन्द सुचिमा परेपछि किर्डाक नेपालको कार्यकारी निर्देशक लगाएतका सबै सार्वजनिक पदहरुवाट राजिनामा दिएर बामगठवन्दनका प्रत्येक्ष तर्फका उम्मेदवार जिताउन र आफुलाई भोट माग्न गृह जिल्ला कालिकोटका पुगेका छन । उनले सामाजिक सस्थामा रहदा गरेका सबै कामको सानो पोस्टरमा चर्चा समेत गरेका छन ।


सामुदायीक बिद्यालय निमार्ण देखि कर्णाली राजमार्गको सुरुवात समेत आफु नेतृत्वको् गैरसरकारी सस्थाले गरेको कुरा ऐना झै देखाएका छन । २०५६ सालमा स्थापना भएको किर्डाक नेपालले जुम्ला जिल्ला जोड्ने सडक नागरिक समाजको नाममा एक समुह वनाएर अन्तरास्टिय गैरसरकारी सस्थाको सहयोगमा निमार्ण गरेको कुरा उल्लेख गरेका छन । देशमा द्धन्द्ध चलिरहेका वेला २०६० सालमा जुम्ला खलंगा वाट कालिकोटको नाग्म जोड्ने सडक किर्डाक नेपालले खनेको थियो ।
त्यस पछि तत्कालिन सरकार वाध्य भएर सेना मार्फत कर्णाली राजमार्ग निमार्ण गरेको हो । त्यो जो कोहीले पनि अस्वीकार गर्न सक्ने अवस्था छैन । कर्णाली प्रति हेर्ने आँखा चक्कीलो होस पार्न राज्यलाई दवाफ दिन दिउसै काठमान्डौमा लाल्टीन जुलुस देखि सुरुवात गरिएको संघर्ष आफै सडक निमार्ण हुदै अहिले कर्णाली राजमार्ग सुरुवात गराउने मिनवहादुर शाही लगाएतको महत्वपुर्ण योग्दान रहेको सामाजिक अभियान्ताहरुको भनाई छ ।
शैक्षिक गुणस्तर सुधार, सुचना पाउने नागरिकहरुको अधिकारलाई स्मरण गदै जुम्ला र कालिकोटमा सामुदायीक रेडियोको स्थापना र सञ्चालन, पहिलो सामुदायीक रेडियो प्रशारक संघ अकोरावको अध्यक्ष हुदै बिश्व रेडियो संग आफ्नो करिएर वनाएका शाही सबै कुरा छोडेर किन समानुपातिक चुनावमा आए भन्ने राजधानिको प्रश्नमा उनले भने यो क्षेत्रवाट गरिएको सेवाले म खुसि भएको छैन ।

डोनरको निर्देशनमा पैसाको दायरामा रहेर काम गर्दा सोचे अनुसारको बिकास गर्न नसकेकाले आफु सत्ता र संसदमा रहदा कर्णालीको जल, जंगलको समुचित परिचालन गर्न सक्छु र कर्णालीको ब्यरोजगार घटाउछु भन्ने मेरो उद्देश्य हो । ठुलठुला जलासाय युक्त हाईडे, जडिवडि प्रसोधन उद्योग स्थापना गरेमा कर्णालीका कुनै पनि ब्यक्तिले भारतमा गएर जिवन जिउनु पदैन यो मेरो अठोट हो त्यसैले चुनावमा आएको उनले दावी गरे । उनि अहिले जिल्लाका बिभिन्न ठाउमा गएर आफु संगै सबै गठवन्दनको पक्षमा लाग्न सबै मतदाताहरुलाई आग्रह समेत गरिरहेका छन ।