भिटामिन डीको कमी : मधुमेहको जोखिम

भिटामिन डीको कमी : मधुमेहको जोखिम

डा. कामाक्षा शाह

भिटामिन ‘डी’को कमी र मधुमेह रोग सबै उमेर समूह जात–जाति, वर्ण, लिंग, भौगोलिक क्षेत्र र जुनसुकै सामाजिक–आर्थिक अवस्थामा पनि व्यापक प्रचलित समस्या हो । राष्ट्रको चिकित्सा फाँटले निकै ठूलो फड्को मारे तापनि, चिकित्सा विज्ञानले जतिसुकै प्रगति गरे तापनि, भिटामिन ‘डी’ अर्थात् सूर्यको किरणका माध्यमबाट प्राप्त हुने भिटामिनको कमीका कारण निम्तिने महामारी अझै विद्यमान छ । भित्री काममा बढी संलग्न हुँदा र बाहिर निस्कँदा पनि सूर्यको किरणले असर नगर्ने मल्हम लगाउनाले भिटामिन ‘डी’ उत्पादन गर्ने अवस्थामा ह्रास आउने गर्छ ।

भिटामिन ‘डी’को कमीका कारण मानिसको दैनिक जीवनमा निकै ठूलो असर परिरहेको हुन्छ । उक्त भिटामिन शरीरलाई आवश्यक पर्ने मात्राभन्दा कमी हँुदा त्यसले व्यक्तिमा अल्छी लाग्ने, शरीरका हड्डी तथा जोर्नीहरू दुख्ने, मांशपेसी कमजोर हुने, शरीरमा कुनै न कुनै संक्रमण भइरहने, सामान्य क्रियाकलापमा लड्ने जोखिम बढ्ने र मानसिक चिन्ताको मात्रासमेत बढेर जाने सम्भावना एकातिर हुन्छ भने अर्कोतिर भिटामिन ‘डी’ अत्यधिक मात्रामा कमी भएमा वा लामो समयसम्म त्यसमा सुधार नल्याइएमा त्यसले मुटुरोग, उच्च रक्तचाप, मोटोपना, अर्बुदरोग र टाइप–२ मधुमेहको जोखिमसमेत बढाइदिन सक्छ ।

पोषक तŒवमध्ये, भिटामिन ‘डी’ले रगतमा या त ग्लाइसेमिया नियन्त्रण गर्ने वा मुधुमेहका जटिलतालाई घटाउने कार्यमा महŒवपूर्ण भूमिका निभाउँछ । प्रशस्त मात्रामा वा आवश्यक पर्ने जति मात्रामा भिटामिन ‘डी’ हुने व्यक्तिमा मधुमेह हुने सम्भावना ४८ प्रतिशतले कम हुन्छ ।

के हो त भिटामिन डी

भिटामिन ‘डी’ चिल्लो पदार्थमा घुलनशील एक भिटामिन हो, जसले हर्मोनसहित स्टेरोइडको क्रियाकलाप गर्छ । त्यस कार्यले गर्दा मानिसको पाचनप्रणालीले क्याल्सियम र फस्फोरस शोषण गरी लिने गर्छ । त्यसका अतिरिक्त यस भिटामिनले मानिसको शरीरमा हाड–जोर्नी, दाँत र शरीरका अन्य जोर्नीहरूको स्वस्थता कायम गर्ने÷गराउने, शरीरको प्रतिरक्षात्मक प्रणालीलाई सहयोग पु¥याउने जस्ता महŒवपूर्ण कार्य गर्छ ।

भिटामिन ‘डी’का स्रोतहरू

भिटामिन ‘डी’ जम्मा दुई प्रकारका हुन्छन् । तीमध्ये पहिलो भिटामिन ‘डी’–२ जुन प्राकृतिक रूपमै घामका किरणमा उजागर भएर अथवा घाम लाग्ने ठाउँमा उत्पादित च्याउमा पाइन्छ भने दोस्रो हो भिटामिन ‘डी’–३, जुन मुख्य भिटामिन ‘डी’ हो र अक्सर प्राकृतिक रूपमा सूर्यको किरण पर्ने अथात् आवश्यक मात्रामा घाम ताप्ने मानव छालाले उत्पादन गर्छ । तसर्थ शरीरमा भिटामिन ‘डी’ कमी हुनुको प्रमुख कारण भन्नु नै मानिसले पर्याप्त मात्रामा घाम नताप्नु हो ।

माछाको तेल, अन्डाको पहेंलो भाग र सालमोन, सार्डिन्स् मकरेलजस्ता चिल्लो पदार्थ अत्यधिक हुने समुद्री माछामा प्राकृतिक रूपमै केही मात्रामा भिटामिन ‘डी’–३ पाइन्छ ।

भिटामिन ‘डी’–२ र भिटामिन ‘डी’–३ दुवै मानव खाद्य पदार्थलाई पौष्टिक तŒव प्रवद्र्धन गर्न र भिटामिन ‘डी’ युक्त पूरक खाद्य पदार्थ उत्पादन गर्न प्रयोग गरिन्छ ।

चिकित्सा एवं वैज्ञानिक अध्ययनले के देखाएका छन् भने भिटामिन ‘डी’–३ भिटामिन ‘डी’–२ भन्दा तीन गुणाभन्दा बढी प्रभावकारी हुने गर्छ । त्यसकारणले यदि तपाईं भिटामिन ‘डी’युक्त पौष्टिक पदार्थ वा भिटामिन ‘डी’ प्रबद्र्धित खाद्य पदार्थ किन्दै हुनुहुन्छ भने ती पदार्थमा कुन चाहिँ (डी–२ वा डी–३) भिटामिन रहेको छ भनी हेर्न भुल्नुहुँदैन ।

भिटामिन ‘डी अपूर्णताबाट जोगिन प्रत्येक व्यक्तिले आफ्नो अनुहार, हात–पाखुरा र गोडा–पि“डुला अर्थात् शरीरको कम्तीमा ४० प्रतिशत छाला घाममा पर्ने गरी अनिवार्य रुपमा १५ देखि २० मिनेट घाम ताप्नुपर्छ

भिटामिन ‘डी’ कमी हुने जोखिममा पर्नेहरू

बालबालिका, किशोरावस्थाका केटाकेटीहरू, वयष्क महिला–पुरुष, गर्भवती महिलासहित वृद्धवृद्धा, ज्यादा मोटा व्यक्ति, पाचनप्रणालीले खानाबाट पौष्टिक तŒव शोषण गर्ने क्षमता कम भएका व्यक्तिलगायत विविध रोग निरोधी (प्रतिरोधात्मक) तथा एचआईभी÷एड्सका औषधोपचार गराइरहेका व्यक्ति शरीरमा भिटामिन ‘डी’ कमी हुने वा शरीरमा भिटामिन ‘डी’को मात्रा अपुग हुने उच्च जोखिममा पर्ने गर्छन् ।

हाम्रो परिप्रेक्ष्यमा भन्नुपर्दा काठमाडौं उपत्यकाका असन, इन्द्रचोक, पाटन र भक्तपुरका केही त्यस्ता ज्यादा जनघनत्व भएका र सूर्यको प्रकाश कम पर्ने बस्तीहरू, जहाँ धाम ताप्ने उपयुक्त सुविधासमेत छैन, त्यहाँका बासिन्दामा पनि भिटामिन ‘डी’ कमी हुने समस्या हुन सक्छ ।

सूर्यको किरणको असर कम पार्ने तŒवसहितको घामबाट जोगाउने चस्मा लगाउँदासमेत सूर्यको किरणबाट छालाले भिटामिन ‘डी’ शोषण्अ गर्ने एवं संश्लेषण गर्ने क्षमतामा ९५ प्रतिशतभन्दा बढीले कमी आउन सक्छ । कालो वर्णका मानिस वा छाला कालो भएका मानिसमा गोरो छाला भएका व्यक्तिको दाँजोमा सूर्यको किरणबाट उत्तिकै मात्राको भिटामिन ‘डी’ प्राप्त गर्न कम्तीमा ३ देखि ५ गुणा बढी समयसम्म घाम ताप्नुपर्ने हुन सक्छ । तसर्थ, कालो वर्ण वा कालो छाला भएका व्यक्तिमा तिनको शरीरमा भिटामिन ‘डी’को मात्रा आवश्यकताभन्दा कम पाइन्छ ।

मधुमेहको जोखिम बढाउने सम्भावना

मानव शरीरमा भिटामिन ‘डी’ले इन्सुलिन संवेदनशीलता बढाइदिने हुँदा त्यसका कारण इन्सुलिन प्रतिरोधात्मक क्षमता घटाइदिन्छ । अर्थात् इन्सुलिनले आफ्नो कार्य सहज रूपमा गरिरहेको हुन्छ । इन्सुलिन प्रतिरोध सामान्यतया टाइप–२ मधुमेहका प्रमुख कारक रहने गर्छ । भिटामिन ‘डी’ले प्याङ्क्रियाज (अग्न्याशय) मा इन्सुलिन उत्पादन गर्ने क्षमतामा समेत वृद्धि गर्छ ।

त्यसैगरी शरीरमा भिटामिन ‘डी’को पर्याप्त या उपयुक्त मात्राले ‘लेप्टिन’ भन्ने ‘हर्मोन’को मात्रा बढाउन मद्दत गरेर व्यक्तिको सोचाइमा थप सकारात्मक संवेग प्रवाह गर्ने, उसलाई सन्तुष्ट र खुसी राख्ने जस्ता क्रियाले गर्दा व्यक्तिले अत्यधिक ज्यादा खाना नखाने र अपेक्षाकृत रूपमा शारीरिक तौल घटाउनसमेत मद्दत पु¥याउने हुन्छ ।

यसले प्याराथाइराइड हर्मोन र तनाव उत्पन्न गराउने हर्मोन ‘कोर्टिसोल’को मात्रा घटाउनसमेत मद्दत गर्छ, जसले गर्दा मोटोपनाको जोखिम घट्न जान्छ । मोटोपन टाइप–२ मधुमेहको जोखिमको प्रमुख कारक हो ।

बच्ने उपाय

७० वर्षभन्दा कम उमेरका व्यक्तिका लागि दैनिक आवश्यक पर्ने वा सिफारिस गरिने भिटामिन ‘डी’को मात्रा ६ सय आईयू÷प्रतिदिन रहेको छ । ७० वर्षभन्दा माथिका व्यक्तिका लागि भने ८ सय आईयू÷प्रतिदिन भए पर्याप्त हुन्छ । मानव रगतमा भिटामिन ‘डी’को मात्रा भने उपयुक्त रूपमा ३० देखि १०० उपयुक्त मानिन्छ ।

भिटामिन ‘डी’को मुख्य स्रोत भने वसन्त ऋतु, ग्रीष्म ऋतु र शिशिर ऋतुमा विशेषतः बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्मको घाम ताप्दा हाम्रो छालाले उत्पादन गर्ने गर्छ । तसर्थ भिटामिन ‘डी’ अपूर्णताबाट जोगिन प्रत्येक व्यक्तिले आफ्नो अनुहार, हात–पाखुरा र गोडा–पिँडुलामा अर्थात् शरीरको कम्तीमा ४० प्रतिशत छाला घाममा पर्ने गरी अनिवार्य रूपमा १५ देखि २० मिनेट घाम ताप्नुपर्छ ।

सूर्यको किरणका सहायताले हाम्रो छालाले उत्पादन गरेको भिटामिन ‘डी’ हामीले औषधिका रूपमा खाएको भिटामिन ‘डी’को तुलनामा कम्तीमा पनि दुईगुणा बढी समयसम्म हाम्रो शरीरमा सुरक्षित रहन्छ । भिटामिन ‘डी’–३ का पूरक÷पौष्टिक आहारले हाम्रो शरीरमा भिटामिन ‘डी’को मात्रा लामो समयसम्म भण्डारण गरेर राख्न सक्ने हुँदा विशेषतः जाडो याममा जतिखेर घाम कम मात्रामा लाग्ने हुन्छ, त्यतिखेर ज्यादा उपयोगी हुने हुन्छ । तसर्थ, भिटामिन ‘डी’ हाम्रो शरीरका लागि अत्यावश्यक र महŒवपूर्ण भिटामिन हो, जसले विशेषतः टाइप–२ मधुमेहजस्तो दीर्घरोगबाट जोगिन मद्दत गर्छ ।