युएईमा बाम गठबन्धनको भेला साहित एकतामा जोड

दामोदर दाहाल, युएई।

प्रबासी नेपाली मंच युएई र जन प्रगतिशील मंच युएइको सयुक्त आयोजनामा युएइका  छ वटै क्षेत्रीय राज्य कमिटीहरुमा नेपालमा हुदै गरेको प्रदेश सभा निर्बाचनलाइ लक्षित गरेर सयुक्त बाम गठबन्धनको कार्यकर्ता भेला तथा प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ।

उक्त भेलामा आगामी दिनमा  दुई पक्षिय कार्यकर्ताहरु बिचमा बैचारिक रुपमा  मात्र नभइ भावनात्मक रुपमा पनि नजिक भएर देश बनाउने तिर लाग्नु पर्ने र विगतका भएका तितामिठा आरोप प्रत्यारोपहरुलाई बिर्सेर सबैले बाम एकतामा जोड दिनु नै  अहिलेको मुख्य आवस्यकता रहेको औल्याएका थिए।

आबुधाबी स्थित प्रबासी नेपाली मंचको छुट्टै आबुधाबी राज्य कमिटी लगाएतका सम्पूर्ण एमाले निकट कार्यकर्ताको भेला गरेर देश निर्बाचन मय भएको र बाम गठबन्धनलाइ अत्याधिक बहुमतले जिताउन आर्थिक, नैतिक र भौतिक रुपमा लाग्न निर्देशन दिएको छ।

प्रबासी नेपाली मंच युएई र जन प्रगतिशील मंचले संयुक्त चुनाव प्रचार प्रसार कार्यक्रम लगाएत आफ्नो जिल्ला तथा  गाँउहरुमा आफन्त तथा साथीभाइहरु मार्फत बाम गठबन्धनका उमेरद्वारहरुलाई बहुमतले प्रदेश सभाको चुनाबमा जिताउन लाग्नु पर्ने बताएका छन।

५ बर्षीय स्थायी सरकारको परिकल्पनाको लागि र देशलाई सम्वृद्धि र स्वोरोजगारको लागि भए पनि अबको बहुमत बाम गठबन्धनको हुनु जरुरि रहेको औल्याउदै सबैले कार्यकतालाई आफ्नो क्षेत्रबाट चुनाबमा सहयोग गर्न आह्वान गरेका छन।