गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, २ जना घाइते

गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको गुल्मीरबार गाउँपालिका वडा नम्बर १ बलिथुम टापुबाट मजुवातर्फ जाँदै गरेको लु ४ त २८३३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही स्थानकै १५ बर्षीय धन बहादुर माझीको घटनास्थलमै मत्यु भएको हो ।

ट्याक्टरको स्ट्यान भाँचिन गई ट्याक्टर अनियन्त्रित भएर सडकभन्दा करिब २५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी केदारनाथ पन्थले जानकारी दिए । ट्याक्टरमा सवार अन्य दुई जना भने घाइते भएका छन् ।

ट्याक्टर चालक कपिलवस्तु घर भएका ३० बर्षीय रेशम ताम्राकार र गुल्मीदरबार गाउँपालिका १ का १५ बर्षीय लाल बहादुर बुढा मगर घाइते भएका छन् । ताम्राकार र मगर दुवैको ढाडमा चोट लागेको र थप उपचारको लागि मजुवा पठाइएको पन्थले जानकारी दिए । घाइतेहरुको अवस्था भने सामान्य रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 605 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीका दुई पलिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी विजयी