सबैलाई बिमाको दायरामा समेट्नुपर्छ

सबैलाई बिमाको दायरामा समेट्नुपर्छ

 

आर्थिक नोक्सान हुँदा क्षतिपूर्ति ग्यारेन्टी गर्न बिमा गरिन्छ । बिमा गर्दा बिमित (बिमा गर्ने व्यक्ति) र बिमक (बिमा गरिदिने पक्ष) बीच सम्झौता हुन्छ । सोही सम्झौताका आधारमा बिमा कम्पनीले नोक्सानीको क्षतिपूर्ति दिन्छ । यसले भविष्यमा हुन सक्ने जोखिमको न्यूनीकरण गर्न तथा त्यस्तो जोखिम अरूलाई हस्तान्तरण गर्न सहयोग गर्छ । यति धेरै उपयोगी भएर पनि बिमा गर्ने बानी धेरैमा पाइँदैन । अझै पनि असंख्य नेपालीले बिमा गरेका छैनन् । यसै सन्दर्भमा बिमा के हो, केका लागि गरिन्छ, ककसले गर्नुपर्छ र किन गर्ने जस्ता विविध विषयमा लाइफ इन्स्योरेन्स कम्पनी नेपालका प्रमुख कार्यकारी अधिकृत अविजित घोस दस्तिदारसँग राजधानीका लागि शिव दुवाडीले गरेको कुराकानीको सम्पादित अंश :

 

अविजित घोस दस्तिदार
प्रमुख कार्यकारी अधिकृत, लाइफ इन्स्योरेन्स कम्पनी नेपाल

बिमा के हो र आममानिसका लागि यो किन आवश्यक छ ?

आर्थिक नोक्सान हुँदा दिइने क्षतिपूर्तिको ग्यारेन्टी नै बिमा हो । बिमा गर्दा बिमित (बिमा गर्ने व्यक्ति) र बिमक (बिमा गरिदिने व्यक्ति) बीच सम्झौता हुन्छ । सोही सम्झौताका आधारमा बिमा कम्पनीले नोक्सानीको क्षतिपूर्ति दिन्छ । तपाईं हामी सबै मानिस भोलि अर्थात् भविष्यबारे अनविज्ञ हुन्छौं । तर, अचानक भोलि जे पनि हुन सक्छ । भविष्यमा आर्थिक तथा भौतिक क्षति हुन सक्छ । यसरी भोलिका दिनमा हुन सक्ने जोखिमको न्यूनीकरण गर्न तथा भविष्यमा हुने जोखिम अरूलाई हस्तान्तरण गर्न अपनाइने कानुनी विधि वा बिमा कम्पनीसँग गरिने एक प्रकारको सम्झौता नै बिमा हो । बिमा सरकारी ऐनअनुसार स्थापना भई नियामक निकायको रेखदेखमा सञ्चालन हुने तथा विदेशी ठूला कम्पनीसँग पुनर्बिमा हुने हुँदा बिमा कम्पनी कसैको पैसा लिएर भाग्न सक्दैनन् । यी कम्पनी आधिकारिक, भरपर्दो र विश्वासिलो मानिन्छन् । बिमा सबैका लागि आवश्यक छ ।

 बिमा कति किसिमका हुन्छन् ?

सामान्यतया बिमा दुई प्रकारका हुन्छन् । त्यसमा एउटा जीवन बिमा र अर्को निर्जीवन बिमा हो । बिमा समिति (बिमा क्षेत्रको नियामक निकाय) ले जीवन बिमा भनेको व्यक्तिको आयुको आधारमा किस्ताबन्धी बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अवस्थामा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करारसम्बन्धी कारोबार भनेर उल्लेख गरेको छ । मूलतः जीवन बिमा भनेको हामीलाई कुनै पनि बेला जे पनि हुन सक्छ र त्यस्तो अवस्थामा पैसाको अभावले समस्या नआओस् भन्ने नै हो । जीवन बिमालाई पनि तीन वर्गमा विभाजन गरिएको छ ।
त्यसमा एउटा आजीवन जीवन बिमा हो । यसमा बिमा निश्चित अवधिका लागि गरिन्छ । आजीवन जीवन बिमा गर्दा निर्धारित अवधिसम्म बिमा गर्ने व्यक्ति (बिमित) ले बिमा शुल्क भुक्तानी गर्दै जान्छ । बिमितको मृत्यु भएपछि निजले इच्छाएको व्यक्तिले एकमुस्ट रकम प्राप्त गर्छ । यस्तो योजनामा बिमा अवधि सकिएपछि (बिमा गर्ने व्यक्ति) बिमितले बिमा शुल्क तिर्नुपर्दैन । मृत्यु नभएसम्म उसले रकम पनि फिर्ता पाउँदैन । यद्यपि, बिमा अवधिअगावै (बिमा गर्ने व्यक्ति) बिमितको मृत्यु भएमा इच्छाएको व्यक्तिले एकमुस्ट रकम पाउँछ । यस्तो खालको योजना खरिद गर्दा बिमा शुल्क सस्तो पर्छ ।
यस्तै, सर्वाधिक जीवन बिमा अर्को हो । निश्चित अवधिसम्ममा तोकेर गरिने बिमा सर्वाधिक जीवन बिमा हो । यसअन्तर्गत जीवन बिमा गर्ने व्यक्ति (बिमित) आफैंले एकमुस्ट रकम प्राप्त गर्न सक्छ । यद्यपि, तोकिएको समय अवधिभित्र उसको मृत्यु भएको अवस्थामा निजले इच्छाएको व्यक्तिले एकमुस्ट रकम प्राप्त गर्ने योजना सर्वाधिक जीवन बिमा योजना हो । यो योजनाअनुसार तोकिएको अवधिसम्ममा बिमितले बिमा शुल्क बुझाउनुपर्छ । बिमा अवधि समाप्त भएपछि बिमित स्वयंले नै बिमांक रकम र बोनस प्राप्त गर्छ । यदि, बिमा अवधि समाप्त नहुँदै बिमितको मृत्यु भएमा बिमांक रकम र सो अवधिसम्म भुक्तान भएको बिमा शुल्कको बोनस रकम इच्छाएको वा हकवाला व्यक्तिले प्राप्त गर्छ । दोहोरो दुर्घटना लाभसमेत समेटिएको योजनामा दुर्घटना रकम पनि प्राप्त हुन्छ ।
तेस्रो भनेको म्यादी जीवन बिमा हो । सीमित अवधिका लागि मात्रै यस्तो खालको बिमा गरिन्छ । बिमा अवधिसम्म बिमित (बिमा गर्ने व्यक्ति) ले बिमा शुल्क भुक्तानी गर्छ । बिमा अवधिभित्रमा बिमितको मृत्यु भएमा निजले इच्छाएको व्यक्तिले बिमांक रकम र बोनस प्राप्त गर्छ । तर, बिमा अवधिभित्रमा बिमितको मृत्यु नभएमा रकम फिर्ता हुँदैन ।

निर्जीवन बिमा केका लागि गरिन्छ ?

दोस्रो प्रकारमा निर्जीवन बिमा पर्छ । निर्जीवन बिमा मानिसले आर्जन गरेको चल–अचल सम्पत्तिको सुरक्षा गर्न गरिने बिमा हो । जस्तै घर, उद्योग कलकारखाना, गाडी, मोटरसाइकल वा यस्तै प्रकारका सम्पत्ति हानि नोक्सानी भएमा सोको क्षतिपूर्ति होस् भनेर निर्जीवन बिमा गरिन्छ । यस किसिमका बिमाअन्तर्गत दुर्घटना, औषधोपचार खर्च, तेस्रो पक्ष दायित्व, उत्पादन दायित्व, विदेश यात्रामा पर्ने जोखिमलगायतको बिमा हुन्छ । दुर्घटना, आगलागी, चोरी तथा भूकम्पलगायत विभिन्न किसिमका प्राकृतिक प्रकोपबाट हुन सक्ने हानिको क्षतिपूर्ति प्राप्त गर्न तथा यस्ता जोखिमबाट हुन सक्ने सम्भाव्य नोक्सानीको क्षतिपूर्ति र राहत पाउन बिमा गर्ने गरिन्छ । पछिल्लो समय सरकारले कृषि बिमा पनि ल्याएको छ । यसअन्र्तगत व्यावसायिक कृषि र पशुपालनमा पनि बिमा हुने गर्छ । भौतिक सम्पत्ति, उत्पादनमूलक बाली तथा व्यवसायमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै बिमाको क्षेत्र विस्तार भइरहेको छ । यसरी बिमा गरिसकेपछि तोकिएअनुसार थोरै रकम भुक्तानी गर्दा सम्पूर्ण सम्पत्तिको सुरक्षा हुने हुँदा बिमा गर्नु अत्यन्तै आवश्यक मानिन्छ ।

 नेपालमा बिमाको सुरुवात कहिलेदेखि  भएको हो ?

नेपालमा बिमा व्यवसायको सुरुवातका सम्बन्धमा ठ्याक्कै यकिन तथ्यांक नभए पनि नेपालको आधुनिक बिमा व्यवसायको सुरुवातको इतिहास धेरै पुरानो छैन । आरम्भमा भारतीय बिमा कम्पनीहरूले कार्यालय खोली बिमा अभिकर्ता वा इन्सपेक्टर (कम्पनीको प्रतिनिधि) मार्फत नेपालमा बिमा व्यवसाय चालएका थिए । भौतिक सम्पत्ति, उत्पादनमूलक बाली तथा व्यवसायमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै बिमाको क्षेत्र विस्तार भइरहेको छ । बैंकिङ कारोबारको वृद्धिसँगै बिमाको महŒव र आवश्यकता बढ्यो । नेपाल बैंक लिमिटेडले ८ असोज २००४ मा बिमा कारोबार सम्हाल्न आफ्नो सहायक कम्पनीका रूपमा नेपाल बिमा र माल चलानी कम्पनी स्थापना गरेको थियो । यसलाई नै नेपालको पहिलो बिमा कम्पनीको मान्यता दिइएको छ । उक्त माल चलानी कम्पनी अहिले नेपाल इन्स्योरेन्स कम्पनीको नामले क्रियाशील छ ।

 हालै नयाँ बिमा कम्पनी थपिएका छन् । बजारमा यी सबै बिमा कम्पनी टिक्न सक्ने अवस्था छ त ?

यसलाई हामीले प्राविधिक रूपले हेर्नुपर्छ । अहिले देशको कुल जनसंख्याको जम्मा ८÷९ प्रतिशत मात्रै जनसंख्यामा बिमा पुगेको छ । अझै ९० प्रतिशतभन्दा बढी जनसंख्यामा बिमाको पहुँच छैन । अब हामी पुराना बिमा कम्पनी र नयाँ बिमा कम्पनीहरूले आफ्नो कार्यक्षेत्र विस्तार गर्नुपर्छ । सहरी क्षेत्रमा मात्र हामी केन्द्रित हुनुहुँदैन । देशका दुर्गमा र ग्रामीण क्षेत्र जहाँ बिमाको पहँुच छैन । त्यस्ता ठाउँमा आफ्ना शाखा विस्तार गर्न सबै बिमा कम्पनी जुट्नुपर्छ ।
बिमाको बजार र भविष्य अत्यन्तै राम्रो र सुनौलो पनि छ । नयाँ बिमा कम्पनी आउँदा पक्कै पनि प्रतिस्पर्धा बढ्छ र बजारमा प्रतिस्पर्धा बढ्नु राम्रो कुरा हो । यदि हामीले एकआपसमा अस्वस्थ प्रतिस्पर्धा नगरी स्वस्थ रूपमा व्यवसाय सञ्चालन गर्ने हो भने सबै बिमा कम्पनीले राम्रो प्रगति गर्न सक्छन् । त्यसका साथै ग्रामीण क्षेत्रमा पनि सजिलै बिमाको पहुँच पु¥याउन सकिन्छ । जसका कारण त्यस क्षेत्रका आमजनता बिमा सेवाबाट लाभान्वित हुन सक्छन् ।

बजारमा धेरै बिमा कम्पनी छन् । यसले अस्वस्थ प्रतिस्पर्धा हुँदैन ?

बजारमा प्रतिस्पर्धा हुनु नराम्रो कुरा होइन तर अस्वस्थ प्रतिस्पर्धा हुनु राम्रो पनि होइन । बजारमा स्वस्थ प्रतिस्पर्धा भइरहेको छ कि अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ भन्ने नियमनकारी निकायले हेर्नुपर्छ । उसकै निगरानीमा सबै बिमा कम्पनी चल्नुपर्छ किनभने बजार प्रतिस्पर्धा खुला बजार नीतिको एउटा आधार हो । तर, विकृतिका रूपमा आएर अस्वस्थ प्रतिस्पर्धा भयो भने त्यसले पक्कै पनि बजारको हित गर्दैन । बिमा व्यवसायमै प्रतिकूल असर पर्न जान्छ ।
अस्वस्थ प्रतिस्पर्धा केलाई भन्ने ? डार्बिनले ‘सर्भाइभ इज फर दि फिटेस्ट’ भनेका छन् । सबै एजेन्टले पोलिसी बिक्री गर्न खोज्नु स्वाभाविक हो । जोसँग कन्भिन्सिङ पावर र राम्रो योजना छ त्यसैको पोलिसी बिक्री हुन्छ ।

 बिमा क्षेत्रमा केकस्ता सम्भावना छन् ?

बिमा क्षेत्र भनेको अत्यन्तै सम्भावना भएको क्षेत्र हो । बिमाले धेरै जनसंख्यालाई अझै ओगट्न सकेको छैन । त्यस्ता ठाउँमा बिमा कम्पनीहरूले आफ्नो व्यवसाय बढाउन सक्छन् । त्यस्तै, बिमाले नछोएका क्षेत्र पनि थुप्रै छन् । जस्तो अहिले बजेटमार्फत लघुबिमा विस्तार गर्ने कुरा भइरहेको छ । लघु बिमालाई प्रवद्र्धन गर्न सरकारको सहयोग आवश्यक छ । बिमाका टे«डिसनल प्रोडक्टहरू र इनोभेटिभ प्रोडक्टमा हामी बढी केन्द्रित छौं । यही आर्थिक वर्षमा हामी दुईवटा नयाँ प्रोडक्ट ल्याउँदै छौं । नयाँ प्रोडक्टले सेवाग्राहीलाई बढी सुविधा उपलब्ध गराउँछ ।

 बिमा क्षेत्रका मुख्य समस्या केके हुन् ?

बिमा व्यवसायका मुख्य समस्याहरूमा जनचेतनाको कमी हो । यसमा हामी बिमा कम्पनीहरू पनि बढी जिम्मेवार छौं । त्यस्तै अर्काे हाम्रो भौगोलिक विकटताले बिमा व्यवसाय फस्टाउन सकेको छैन । हामी दूरदराजका आमजनतालाई बिमासम्बन्धी सेवा दिन सकिरहेका छैनौं । त्यसैगरी बिमा क्षेत्रको अर्काे मुख्य समस्या भनेको यस क्षेत्रमा दक्ष र अनुभवी जनशक्तिको अभाव छ । जसका कारण बिमा व्यवसायलाई प्रभावकारी ढंगबाट अघि बढाउन नसकिरहेको अवस्था पनि उस्तै छ र बिमा क्षेत्रमा कार्यरत जनशक्तिका लागि तालिमको पनि उस्तै अभाव छ । तालिम अभावका कारण यस क्षेत्रका जनशक्ति दक्ष हुन सकेका छैनन् ।

 भौतिक सम्पत्ति, उत्पादनमूलक बाली तथा व्यवसायमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै बिमा क्षेत्र विस्तार 
 बिमा अवधिभित्रमा बिमितको मृत्यु भएमा निजले इच्छाएको व्यक्तिले बिमांक रकम र बोनस प्राप्त गरे पनि बिमा अवधिभित्रमा बिमितको मृत्यु नभएमा रकम फिर्ता हु“दैन 
 ९० प्रतिशत जनसंख्यामा बिमाको पहु“च छैन 
लघु बिमालाई प्रवद्र्धन गर्न सरकारी सहयोग आवश्यक

 यी समस्या समाधानका लागि के गर्नुपर्ला ?

यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि हामीले त योजना बनाइसकेका छौं । हाम्रा कर्मचारीलाई तालिमको व्यवस्था पनि गरेका छौं । नियामक निकायले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ । तालिम दिन विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ । सहरी क्षेत्रमा मात्र नभई देशका कुनाकाप्चामा बिमासम्बन्धी जनचेतना फैलाउनुपर्छ । भौगोलिक दूरीलाई चिरेर अघि बढ्नुपर्छ ।

 लाइफ इन्स्योरेन्स नेपालले कहिलेदेखि यो क्षेत्रमा काम थालेको हो ?

यस कम्पनीको स्थापना २००१ मा भएको हो । त्यसअघि एलआईसी इन्डियाको शाखका रूपमा यहाँ काम हुँदै आएको थियो । एलआईसी इन्डिया भारत सरकारको स्वामित्वको कम्पनी हो । लाइफ इन्स्योरेन्स कम्पनी नेपालमा ५५ प्रतिशत एलआईसी इन्डिया, २५ प्रतिशत विशाल समूह र २० प्रतिशत सर्वसाधरणको सेयर स्वमित्व रहेको छ ।
चार शाखाबाट जर्नी सुरु भएकोमा अहिले ४४ शाखा पुगेको छ । पूर्वमा इलामदेखि पश्चिममा बैतडी र डडेल्धुरासम्म पुगेको छ । यो एउटा हाइएस्ट क्लेम सेटलमेन्ट कम्पनीका रूपमा परिचित छ । इन्स्योरेन्स भनेको बैंकिङ संस्थाजस्तो होइन । यसमा धेरै रिस्क पनि हुन्छ । तर, एलआईसीको विश्वमा धेरै शाखा सञ्जाल भएको संस्था हो । आगामी सय वर्षसम्म नेपालमा निरन्तर सेवा गर्ने एलआईसीका जिल्ला अध्यक्षले यसअघि नै घोषणा गरिसक्नु भएको छ । हाम्रो व्यवस्थापन अत्यन्तै दक्ष र खारिएको छ । भारतमा काम गरेको अनुभव पनि हामीसँग छ । हाम्रा विभिन्न बिमा योजना छन् । जीवन सरल भन्ने जस्ता अत्यन्तै सहज महŒवपूर्ण योजना सञ्चालनमा छन् । यसबाट सर्वसाधारण व्यक्तिले सहजै लाभ लिन सक्छन् । हाम्रो यो कम्पनी नेपालमा नै आधारित कम्पनी हो । गत आर्थिक वर्षमा यो कम्पनी जीवन बिमा कम्पनीमध्ये सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा समेत सूचित भएको थियो ।

 एउटा सामान्य व्यक्तिले किन एलआईसीलाई नै रोज्ने ?

बिमा गर्नु सबैभन्दा महŒवपूर्ण कुरा हो । जहाँबाट गरे पनि बिमा पोलिसी लिनुप¥यो । यसपश्चात् बोनसदर हेर्ने हो । यसमा जसको उच्च छ त्यो छान्नु वाञ्छनीय हुन्छ । एलआईसीको उच्च बोनस दर छ नेपालमा । यसबाट उच्चतम प्रतिफल प्राप्त गर्न सकिन्छ । यो संस्थाको व्यवस्थापन खर्च अत्यन्तै न्यून छ । अन्य कम्पनीको तुलनामा यो संस्थाको खर्च ज्यादै न्यून छ । बिमा दाबी भुक्तानीका लािग हामी जेनुइन दाबीको अत्यन्तै छिट्टै भुक्तानी गर्छाैं । बिमाकर्ताको बिमा दाबी छिटो र सरल रूपमा भुक्तानी गर्ने हाम्रो प्रतिबद्धताअनुरूप हामी काम गर्छाैं ।

 बजार हिस्सा कति छ ?

हामी नेपालको बिमा बजारमा समग्रमा दोस्रो नम्बरमा छौं । लाइफ इन्स्योरेन्स क्षेत्रमा त हामी पहिलोमा नै छौं ।

भविष्यको योजना के छ ?

हामी अब दुर्गम क्षेत्रमा बजार विस्तार गर्ने योजनामा छौं । हाल मात्र हामीले नौवटा शाखा खोल्यौं त्यसमा ७ वटा दुर्गममा नै खोलेका छौं । जम्मा दुईवटा मात्रै सहरी क्षेत्रमा खोलेका छौं । अब यो क्रमलाई हामी विस्तार गर्दै गइरहेका छौं । नेपालको जम्मा ८÷९ प्रतिशत जनसंख्यामा मात्रै इन्स्योरेन्स सुविधा पुगेको छ । अझै पनि धेरै मानिसको पहुँचसम्म यसलाई पु¥याउन सकिएको छैन । यसर्थ अब दुर्लभ क्षेत्रमा पहुँच बढाउने बेला आएको छ । अहिलेसम्म अधिकांश कम्पनी सहरकेन्द्रित नै छन् ।

 बिमा क्षेत्रमा पनि बैंकमा जसरी मर्जको सम्भावना के छ ?

अहिले यस विषयमा नीति नै बनिसकेको त छैन । कसैले चाहेको खण्डमा सम्बद्ध निकायमा गएर कुरा गर्दा यसलाई व्यवस्थित गर्न सकिन्छ ।

 यो क्षेत्रको भविष्य कस्तो छ ?

इन्स्योरेन्स क्षेत्रको भविष्य उच्च छ । यहाँ धेरै मानिसले अभैm पनि इन्स्योरेन्सबारे आफ्नो दायित्व पूरा गरिसकेको अवस्था छैन । इन्स्योरेन्स भनेको आफ्नै लागि हो । यसले मानिसलाई अप्ठ्यारो परेको बेलामा सहयोग पु¥याउँछ ।

 दुर्गमा क्षेत्रमा सेवा विस्तार कसरी हुन सक्छ ?

बिमा कम्पनीहरूले आफ्ना लागि उपयुक्त ग्राहक खोजिराख्नुपर्छ । सहरी क्षेत्रमा यो क्रम घट्दै गइसकेको विद्यमान अवस्थामा अब जाने भनेको यसको पहुँच नपुगेको स्थानमा नै हो । यसका लागि शाखा खोल्ने, एजेन्टको संख्या बढाउनेदेखि अन्य कुनै उपयुक्त विकल्प खोज्नुपर्ने हुन्छ । यसमा अब आईटीको प्रयोगलाई पनि व्यापाक बनाउन सकिन्छ । यहाँका मानिसले ५० लाखको गाडी चढ्नेले पनि बिमा गर्ने गरेको पाइँदैन ।

 बिमा क्षेत्रमा सरकारी नीति कस्तो छ ?

सरकारी नीति भनेको आवश्यकताअनुसार हुने हो । यसमा केही समस्या छैन । कुनै पनि नीति आफैंमा नराम्रो पनि हुँदैन । अहिलेको आवश्यकतालाई सम्बोधन गर्ने गरी नीति बनेको छ । यसमा कुनै समस्या छैन । रेगुलेटरले कडाइ गर्नैपर्छ । कुनै पनि संस्थाको सुधारका लागि यो आवश्यक छ । बिमा समितिले अहिले चुक्ता पुँजी वृद्धि गरेको छ । यो राम्रो हो । यसले संस्थालाई बलियो बनाउँछ । सबैजसो कम्पनीले यो प्रक्रिया पूरा गर्ने अवस्था आइसकेको छ ।
बिमा समिति नेपालको बिमा क्षेत्रको नियमनकारी आधिकारिक निकाय हो, जो नेपाल सरकार, अर्थ मन्त्रालयको एउटा लाइन संगठन हो । बिमा ऐन, २०४९ अनुसार नेपालभित्र बिमा व्यवसायलाई व्यवस्थित, विकसित, नियमित र नियन्त्रित गर्न बिमा समितिको स्थापना भएको हो । नेपालभित्रका बिमा तथा सोसम्बन्धी गतिविधिलाई यस समितिले नियमनकारी संस्थाको हैसियतले निगरानी राख्छ । यस संस्थाको मूल उद्देश्य विकसित, स्वस्थ र पेसागत बिमा बजारको विकास गर्नु हो ।
२०४६ मा प्रजातन्त्रको पुनःस्थापना भएपश्चात् अन्य क्षेत्रहरूमा जस्तै बिमा क्षेत्रमा पनि परिवर्तनहरू देखा परे । परिवर्तित सन्दर्भलाई मनन गरी २०४९ मा बिमा ऐन २०२५ लाई प्रतिस्थापन गर्दै नयाँ बिमा ऐन २०४९ जारी भयो । ऐनको प्रस्तावनामा नै स्पष्ट रूपमा भनिएको छ, ‘बिमा व्यवसायलाई व्यवस्थित, विकसित, नियमित र नियन्त्रित गर्न बिमा समितिको स्थापना गरिएको हो ।’ प्रस्तावनामा उल्लिखित लक्ष्य प्राप्त गर्न एक स्वायत्त संस्थाका रूपमा बिमा ऐन २०४९ अनुसार समितिको स्थापना भएको हो । उसले आफ्नो लक्ष्यअनुसार काम गरिरहेको छ ।