सीजीको वासिङ मेसिनमा १० वर्षको वारेन्टी

काठमाडौं / रास– जाडोमा ग्राहकलाई सुविधा दिन सीजी इलेक्ट्रोनिक्सले १० वर्षे वारेन्टी भएको वासिङ मेसिन बजारमा ल्याएको छ । सीजीले अफ्नो ग्राहकको माग र चाहनालाई ध्यानमा राख्दै विभिन्न आकर्षकस्वरूप तथा विशेषता भएको वासिङ मेसिन ल्याएको जनाएको छ ।

यसको मोटरमा १० वर्ष वारेन्टी रहेको छ भने वाटर म्याजिक क्युब र वासर रहेका छन् । यसको सहयोगले केवल एक बटम थिचेर आफ्नो सबै घरको धुलाई सजिलैसँग धुने र सुकाउने झन्झटबिना गर्न सकिने कम्पनीले जनाएको छ ।

वाटर म्याजिक क्युबअन्तर्गत सुपर बैंस र वाटर क्युब ड्रम रहेका छन् । यसको प्रयोगले अन्य वासिङ मेसिनभन्दा ३ सय ३५ कम पानीको खपतमा लुगा सफा हुनेछ । जसको प्रयोगले कम खर्चमा लुगा सफा गर्न सकिनेछ ।