थर्पू बजारमा ज्योति बैंक

काठमाडौं / रास– ज्योति विकास बैंकले तनहुँको म्याग्दे गाउँपालिका–४, थर्पू बजारमा शाखा विस्तार गरेको छ । बुधबार म्याग्दे गाउँपालिका प्रमुख मायादेवी रानाआले र बैंकका सञ्चालक समितका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

म्याग्दे गाउँपालिकाको शाखासँगै बैंकको तनहुँमा दुईवटा शाखा सञ्चालनमा छन् । यसअघि बैंकले देवघाटमा शाखा सञ्चालन गरेको थियो । पछिल्लो समय बैंकले मकवानपुरको बाग्मती गाउँपालिकाको फापरबारी तथा हेटौंडा बजार, महोत्तरीको रामगोपालपुर, काठमाडौंको नेपालटार र कैलालीको धनगढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकको ४६ वटा शाखा कार्यालय र १४ वटा एटीएम छन् ।

बैंकले करिब १२ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन तथा १० अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति गरेपछि बैंकको चुक्ता पुँजी २ अर्ब ३७ करोड पुगेको छ । गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गरी राष्ट्र बैंकले विकास बैंकका लागि तोकेको चुक्ता पुँजी पु¥याउने पनि बैंकले जनाएको छ ।