बर्जर रङ म्याजिकल अफर

काठमाडौं / रास– बर्जर पेन्ट्सले प्रत्येक वर्ष जस्तै यो वर्ष पनि एक नयाँ सिजनल उपहार योजना ‘बर्जर रङ म्याजिकल अफर’ ल्याएको छ । यस योजनाका लागि चर्चित नायक अनुपविक्रम शाही र नायिका स्वस्तिमा खड्का सद्भावनादूत बनेका छन् ।

१५ भाद्र २०७४ देखि १५ मंसिर २०७४ सम्म घर दर्ता गर्ने र १५ पुस २०७४ भित्र घरको रंगरोगन कार्य समापन गरिसक्नुपर्ने यस योजनामा घरधनीको उत्साहजनक सहभागितालाई ध्यानमा राख्दै यस योजनाको दर्ता गर्ने र घरको रंगरोगन कार्य समापन ३० पुससम्म थप गरिएको छ ।