निर्वाचनमा खटिने कर्मचारीलाई प्रशिक्षण


राजधानी संबाददता
दैलेख १४ मंसिर

मंसिर २१ गत्ते हुने प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा खटिने कर्मचारीलाई प्रशिक्षण गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालय दैलेखले कर्मचारीलाई प्रशिक्षण दिएको हो । जिल्लामा रहेका १९६ मतदान स्थलका १९६ मतदान अधिकृत १९६ साहायक मतदान अधिकृत र १० प्रतिशत जगेडा मतदान अधिकृत गरी जम्मा ४२० जना लाई प्रशिक्षण दिएको जिल्ला निर्वाचन अधिकृत भत्त बहादुर कार्कीले बताए ।
प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपानेले जनताको मत लोकतन्त्रको आधार भएकाले मतको सुरक्षा गर्नु सबैको दायित्व भएको बताउदै जनताको मतलाई मतदान केन्द्रबाट मतगणना सम्म कर्मचारीले गर्नु पर्ने दायित्वका बिषयमा जानकारी गराएका थिए । उनले मतदानको हुनु पुर्बको मौन अविधी देखी मतदान भई मुख्य निर्वाचन अधिकृतको कार्यालय सम्म मत पेटिका लाई सुरक्षीत रुपमा ल्याउने सन्र्दभमा मतदान अधिकृतलाई जानकारी दिएको बताए ।
जिल्लाका १९६ मतदान स्थलमा कडा सुरक्षा ब्यबस्था मिलाएकाले सुरक्षाको अभाव हुन नदिन आफु हरबखत लागी परेको बताए । जिल्लाको शान्ती सुरक्षाको स्थीती राम्रो भएको भन्दै प्रजिअ न्यौपानेले बताए । जिल्लाको बोडर एरियामा रहेका मतदान स्थलमा समेत सुरक्षा ब्यबस्था कडा पारिएको बताए ।