दोस्रो म्युजिक भिडियो अवार्ड क-कसले हात पारे

दामोदर दाहाल, युएई,

दोस्रो नेपाली म्युजिक भिडियो अवार्ड युएईको राजधानी आवुधावीमा शुक्रवार सम्पन्न भएको छ ।  युएईको आवुधावि अबस्थित फोल्कलोर थिएटर हलमा भएको म्युजिक भिडियो अवार्ड कार्यक्रममा सर्वोत्कृष्ठ गायक “काँडा छोए फुल” गीतवाट त्रिलोक रानाले अवार्ड चुम्न सफल भएका  छन भने सर्वोत्कृष्ठ गायिकाको अवार्ड प्राश्ना शाक्यले “मत सोझी सोझी” भन्ने गित बाट प्राप्त गर्न सफल भएकी छन।

पप विधाको पुरुष तर्फ दिपक वज्राचार्यले अल्लारे गीत वाट अवार्ड पाएका छन भने महिला तर्फको अवार्ड भने एन्जीला रेग्मीले “कपुरी क” गीतवाट हात पारिन । उत्कृष्ठ गीतको अवार्ड “लठ्ठै वनायौ” वाट दिलिप पियाले हात पारे भने “सिरैमा सिरवन्दी” वाट सचिन सिंह उत्कृष्ठ संगितकारको अवार्ड पाउन सफल भएका छन।

उत्कृष्ट भिडियो सम्पादनको अवार्ड प्रविन श्रेष्ठले मायालु गीत मार्फत प्राप्त गरेका छन त्यसै गरि उत्कृष्ठ अभिनयको अवार्ड विवेक सिंह ठकुरीले चुमे। महिला तर्फको उत्कृष्ठ अभिनयको अवार्ड थाहा छैन गीतवाट नम्रता सापकोटाले हात पारेकी छन । उत्कृष्ठ कोरीयो ग्राफरको अवार्ड शंकर विसीले पाएका छन भने उत्कृष्ट नव प्रतिभाको अवार्ड तिम्रो पाउजु गीतवाट प्रेम सेनले जिते ।

उत्कृष्ठ गीत रेकडिस्टको अवार्ड किशोर थापाले काँडा छोए फुल गीतवाट हात पारे भने उत्कृष्ठ एरेन्जरको अवार्ड महराज थापाले ढुङ्गाको भर गीतबाट पाए । लोक दोहोरी तर्फ उत्कृष्ठ लोकदोहोरीको अवार्ड कान्छि स्वास्नी गीतवाट उजेली श्रेष्ठ (उमा) ले हात पारिन । त्यस्तै उत्कृष्ठ म्युजिक भिडियोको अवार्ड कृष्ण गुरुङले हिमालको काख गीतवाट हात पारे । छम छम गीतवाट उत्कृष्ठ म्युजिक भिडियो निर्देशक श्रीधर पौडेल ठहरिए भने प्रकाश गुरुङले उत्कृष्ठ क्यामेरा म्यानको अवार्ड जित्न सफल भएका छन।

छुट्याइएको ५ विधामा युएईमा क्रियाशिल कलाकारहरुले दोस्रो म्युजिक भिडियो अवार्ड पाउन सफल भएका छन।  उत्कृष्ठ मोडल पुरुष तर्फ आशिष पुरुष र महिलातर्फ सारिका सुनार ले अवार्ड हात पारेका छन भने उत्कृष्ट म्युजिक भिडियोको अवार्ड नन्दु राई र रेखा घिमिरेको पोल्टामा परेको छ, त्यसै गरि उत्कृष्ठ गीतको अवार्ड भने लक्ष्मण भान्तनाले हात पारेका छन ।  उत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड विजय सुब्बा र उत्कृष्ट छाँयाकारको अवार्ड रोहीत विक्रमले पाएका छन ।

लामो समय देखि चलचित्र पत्रकारितामा जमेका भरत शाक्यलाई लाइफ टाईम एचिभमेन्ट अवार्डवाट सम्मान गरिएको  थियो।  कार्यक्रममा कलाकारहरु  नायिका निरुता सिंह, हास्य कलाकार जितु नेपाल, क्याप्टेन विजय लामा, नेपाल आइडल टप ५ कि सुजाता पाण्डेको उपस्थितिले कार्यक्रमको रौनक बढाएको थियो ।

आयोजकद्वय नमस्ते ट्राभल्सका एकेन्द्र थापा र संगीक्षा फिल्म प्रालीका मनोज केसीको संयुक्त सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथीमा नेपाली दुतावास युएईका कार्यवाहक राजदुत नेत्र वहादुर टन्डन रहेका थिए भने युएईमा रहेका संघ सस्थाका प्रमुखहरु बिशेष अथिति तथा अथिति रहेको उक्त कार्यक्रम नरेश भट्टराईले संचालन गरेका थिए।