भक्तपुरको फेरि“दो राजनीति

किरण बुढाथोकी / भक्तपुर

नयाँ पुनःसंरचनाअनुसार भक्तपुरमा प्रदेशसभातर्फ ४ र प्रतिनिधिसभातर्फ २ निर्वाचन क्षेत्र छन्् । यसअघि पनि दुई निर्वाचन क्षेत्र रहेकामा नगरपालिकाको पूरै भाग क्षेत्र–१ मा गाभियो र क्षेत्र–२ बाट भक्तपुरलाई छुट्टयाउँदै मध्यपुर थिमी नगरपालिकाको पूरै क्षेत्र मिसाइयो ।

नयाँ संरचनाले प्रतिनिसभातर्फ भक्तपुर र चाँगुनारायण नगरपालिकालाई क्षेत्र–१, मध्यपुर थिमी र सूर्यविनायक नगरपालिकालाई क्षेत्र–२ निर्धारण गरियो । निर्वाचन क्षेत्र साबिककै रहे पनि नयाँ संरचनाले ठाउँ हेरफेरपछि राजनीतिक मोडले नया“ रूप लिएको छ ।

२०४७ सालपछि कांग्रेस र नेमकिपाको पकड रहेको भक्तपुरमा गत वैशाखको स्थानीय तह निर्वाचनपछि परिणाम उल्टियो । चार नगरपालिका र ३८ वडा रहेको भक्तपुरमा एमाले तीन नगर प्रमुख जित्दै पहिलो शक्तिका रूपमा उदायो । नेमकिपाबाट आफ्नो वर्चस्व रहेको भक्तपुर नगरपालिकाको प्रमुखसहित सबै जनप्रतिनिधि निर्वाचित भए ।

यद्यपि, कांग्रेसले विगतदेखिको विरासत जोगाउन भने सकेन । कांग्रेसले आन्तरिक कारण मध्यपुर थिमी नगरपालिकामा नगरप्रमुख नै गुमाउनुप¥यो । जब कि १० वडामा ७ वडाध्यक्ष निर्वाचित भएर प्रमुखमा एमालेका उम्मेदवार विजयी भए ।

विगतमा कमजोर मानिएको एमालेले भक्तपुरमा आफ्नो पकड गत स्थानीय तह निर्वाचनबाट जमाउँदै गइरहेको देखिन्छ । नेमकिपा आफ्नो वर्चस्व जोगाउन सफल भए पनि नयाँ पुनःसंरचनाले खुम्चिएको छ भने कांग्रेस आन्तरिक किचलो र गुटबन्दीले वर्चस्वलाई कायम राख्न सकेको देखिन्न ।

भक्तपुरमा २०४६ सालपछि क्षेत्र–१ मा लगातार निर्वाचित हुँदै आएका नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले यसपटक नयाँ पुस्तालाई अगाडि सार्दै उम्मेदवारी नदिएपछि क्षेत्र–१ मा बिजुक्छेको बिडो ‘नयाँ उम्मेदवारले थाम्लान् वा नथाम्लान् ?’ त्यो फरक विषय भए पनि भक्तपुर नगरलाई नै क्षेत्र–१ मा राखेपछि उसलाई निर्वाचन जित्न थप सहज भएको देखिन्छ ।

क्षेत्र–१ मा वाम गठबन्धन, कांग्रेस र नेमकिपाबीच प्रतिपस्र्धा देखिन्छ । यद्यपि, नेमकिपा उम्मेदवार प्रेम सुवाललाई यो क्षेत्रबाट जित्न कुनै कठिनाइ नभएको नेमकिपाको मत आधार मान्दा सहजै अनुमान लगाउन सकिन्छ । यस क्षेत्रमा कांग्रेसबाट प्रतिनिधिसभातर्फ बाबुराजा जोशी र वाम गठबन्धनबाट माओवादीका मिलन सुवाल उम्मेदवार छन्् । नेमकिपाले प्रदेशसभा–१ ‘क’मा निरज लवजू र ‘ख’मा सुरेन्द्र गोसाईलाई उम्मेदवार बनाएको छ ।

कांग्रेसकोे ‘क’मा जीवन खत्री, ‘ख’मा अनिल भुजू र वाम गठबन्धनबाट ‘क’मा हरिशरण लामिछाने र

‘ख’मा रोमन शिलाकार उम्मेदवार छन्् । प्रदेशसभा–१ ‘क’ मा भक्तपुर १ वडा र चाँगुनारायण नगरपालिकाको पूरै क्षेत्र पर्छ ।

यसअघिको स्थानीय तह निर्वाचनमा चाँगुनारायण नगरपालिका एमालेले जिते पनि सो क्षेत्रमा भक्तपुर नगरको १ वडा पनि थपिएकाले कांग्रेस, एमाले र नेमकिपाबीच कडा प्रतिपस्र्धा हुने देखिन्छ ।प्रदेशसभा–१ ‘ख’अन्तर्गत भक्तपुर नगरपालिका पर्ने भएकाले सो क्षेत्र नेमकिपाको गढ मानिन्छ । भक्तपुर नगरमा नेमकिपापछि कांग्रेस, एमाले र राप्रपा छन्् ।

भक्तपुर प्रतिनिधिसभा क्षेत्र–१ अन्तर्गत प्रदेशसभा ‘क’मा ४३ हजार ५ सय ५२ मतदाता छन्् । यहाँ २२ मतदानस्थल र ५३ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन क्षेत्रको ‘ख’मा ५० हजार ६ सय १२ मतदाता छन् भने १६ मतदानस्थल र ५८ मतदान केन्द्र निर्धारण गरिएको छ ।

उता, भक्तपुर–२ मा भने यसपटक कडा प्रतिपस्र्धा हुने देखिन्छ । विशेषगरी, यसअघिको निर्वाचनमा कांग्रेस र नेमकिपाबीच प्रतिपस्र्धा देखिएको क्षेत्रमा यसपटक भने कांग्रेस र एमालेबीच कडा प्रतिपस्र्धा हुने देखिएको छ ।

यद्यपि, नेमकिपाले कांग्रेसलाई मतदान गर्ने र कांग्रेसको मध्यपुर थिमीको मत नेमकिपाले काट्ने शंका कांग्रेस र एमाले दुवै पक्षबाट गरिएको छ । यसबाटै एमाले–कांग्रेसको हारजित निर्धारण गर्ने विश्लेषण गरिन थालिएको छ ।

भक्तपुर–२ मा प्रतिनिधिसभातर्फ कांग्रेसका दमननाथ ढुंगाना र एमालेबाट महेश बस्नेत प्रतिपस्र्धामा छन्् भने नेमकिपाबाट अनुराधा थापा मगर उम्मेदवार छिन्् । प्रदेशसभातर्फ भने २ को‘क’मा कांग्रेसबाट अंगद खड्का, एमालेबाट शशीजंग थापा र नेमकिपाबाट सरोजराज गोसाई प्रतिपस्र्धामा छन्् ।

प्रतिनिधिसभा–२ प्रदेश सभा ‘ख’मा कांग्रेसबाट गणेशमान चक्रधर, एमालेबाट राजेन्द्रमान श्रेष्ठ र नेमकिपाबाट प्रेमजंग थापा प्रतिपस्र्धामा छन्् । यस क्षेत्रमा प्रतिनिधिसभातर्फ ०६४ को पहिलो संविधानसभा निर्वाचनमा नेमकिपाले जितेको थियो । २०७० को संविधानसभा निर्वाचनमा कांग्रेसले जितेको थियो ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भने क्षेत्र–२ को सूर्यविनायक र मध्यपुर नगरपालिकामा एमाले उम्मेदवारले २६ हजार १ सय ३५ मत ल्याएका थिए ।

मध्यपुरमा नेमकिपा र एमालेले तालमेल गरेर १४ हजार मत ल्याएका थिए । दुवै नगरपालिकामा माओवादीको २ हजार ६ सय १६ मत ल्याएका थिए । कांग्रेसले एक्लैले दुवै नगरपालिकामा २१ हजार ११ मत ल्याएको थियो । राप्रपाले २ हजार ५ सय ९७ मत ल्याएको थियो ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र–२ प्रदेशसभा निर्वाचन क्षेत्र–१ मा ४४ हजार ८९ मतदाता छन्् । यहाँ २३ मतदानस्थल र ५४ मतदान केन्द्र निर्धारण गरिएको छ । प्रतिनिधिसभा निर्वाचन–२ को प्रदेशसभा निर्वाचन क्षेत्र–२ मा ३९ हजार ८ सय ४६ मतदाता छन्् । यहाँ १७ मतदानस्थल र ४४ मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला निर्वाचन कार्यालय भक्तपुरका अनुसार भक्तपुरमा १ लाख ७८ हजार ९९ मतदाता पुगेका छन्् । कुल मतदातामध्ये ८६ हजार ४ सय ८० पुरुष र ९१ हजार ६ सय १४ महिला मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय भक्तपुर प्रमुख उमेश राईले राजधानीलाई जानकारी गराए ।