जनता बैंकले १४ प्रतिशत बोनस दिने

काठमाडौं / रास– जनता बैंकको सञ्चालक समितिको बैठकले १४ दशमलव ४० प्रतिशत लाभांश सेयर दिने प्रस्ताव गरेको छ । बैंकको यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत र साधारणसभाबाट पारित हुन बाँकी छ । राष्ट्र बैंकबाट पारित भएपछि मात्रै लाभांश सेयर दिने पनि बैंकले जनाएको छ ।हाल ६ अर्ब ९९ करोड चुक्ता पुँजी रहेको बैंकले लाभांश दिएपछि पुँजी ८ अर्ब पुग्ने बैंकले जनाएको छ । केन्द्रीय बैंकले दिएको निर्देशनअनुसार चुक्ता पुँजी पु¥याउन बैंक सञ्चालक समितिलले लाभांश दिने निर्णय गरेको हो ।