एक दर्जन वाणिज्य बैंकको चुक्ता पुँजी आठ अर्ब

राजधानी समाचारदाता  / काठमाडौं

एक दर्जन वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब पुगेको छ । बैंकहरूको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिको प्रतिवेदनअनुसार वाणिज्य बैंकले आफ्नो चुक्ता पुँजी पु¥याएका छन् भने तीन वटा वाणिज्य बैंकले यसअघि नै चुक्ता पुँजी पु¥याइसकेका थिए ।

नेपाल इन्भेस्टमेन्ट बैंक, ग्लोबल आईएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, सानिमा बैंकले तोकिएको चुँक्ता पुँजी पु¥याइसकेका छन् । त्यसैगरी, सनराइज बैंक, लक्ष्मी बैंक, नेपाल बंगलादेश बैंक, नेपाल बैंक, माछापुच्छ्रे बैंक र सिटिजन्स बैंकले चुक्ता पूँजी पु¥याएको बैंकको प्रतिवेदनले देखाएको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंकको चुक्ता पुँजी १० अर्ब ६२ करोड ४ लाख ३६ हजार रुपैयाँ छ । त्यसैगरी, ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी ८ अर्ब ८० करोड ३ लाख ४२ हजार रुपैयाँ छ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको ८ अर्ब, ५८ करोड, ८९ लाख ६२ हजार रुपैयाँ, नबिल बैंकको ८ अर्ब ४ करोड ३२ लाख ११ हजार, सानिमा बैंकको ८ अर्ब १२ लाख ५५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ । त्यसैगरी, ८ अर्ब चुक्ता पुँजी पु¥याउने बैंकहरूमा सनराइज बैंकको ८ अर्ब १५ करोड २५ लाख ५६ हजार, लक्ष्मी बैंकको ८ अर्ब २१ करोड ६ लाख ५३ हजार रुपैयाँ, नेपाल बंगलादेश ८ अर्ब ८ करोड ५५ लाख ९९ हजार रुपैयाँ चुक्ता पुँजी छ । त्यसैगरी, नेपाल बैंकको ८ अर्ब ४ करोड २६ लाख ६२ हजार रुपैयाँ, माछापुच्छ«े बैंकको चुक्ता पुँजी ८ अर्ब ३ करोड ६ लाख १९ हजार र सिटिजन्स बैंकको ८ अर्ब २ करोड ९१ लाख ६० हजार रुपैयाँ चुक्ता पुँजी पुगेको छ ।

नेपाल इन्भेस्टमेन्ट, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य, नबिल, सानिमा, सनराइज, लक्ष्मी, नेपाल बंगलादेश, माछापुच्छे«, सिटिजन्स र नेपाल बैंकले चुक्ता पु“जी ८ अर्ब पु¥याइसकेका छन्

 

त्यसैगरी, १६ वटा वाणिज्य बैंकले अझै चुक्ता पुँजी पु¥याएका छैनन् । कृषि विकास बैंकले चुक्ता पुँजी ७ अर्ब ८ करोड ७६ लाख ८० हजार रुपैयाँ पु¥याएको छ । चुक्ता पुँजी नपु¥याउने बैंकहरूमा सिद्धार्थ बैंक, एसबीआई बैंक, प्राइम बैंक, हिमालयन बैंक, जनता बैंक एनएमबी बैंक र एभरेस्ट बैंक रहेका छन् । यी बैंकको चुक्ता पुँजी ६ अर्ब रुपैयाभन्दा बढी छ ।

कुमारी बैंक, सिभिल बैंक, बैंक अफ काठमान्डु, सेञ्चुरी बैंक तथा प्रभु बैंकको चुक्ता पुँजी ५ अर्ब रुपैयाँको हाराहारीमा रहेको बैंकको प्रगति विवरणले देखाएको छ । एनसीसी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक र मेगा बैंकको चुँक्ता पुँजी अरू वाणिज्य बैंकको तुलनामा कम देखिएको छ । यी बैंकको चुक्ता पुँजी ४ अर्ब रुपैयाँभन्दा केही बढी मात्रै छ । चुक्ता पुँजी नपुगेका अधिकांश बैंकले हकप्रद र बोनस सेयरमार्फत पु¥याउने कसरत गरिरहेका छन् । कतिपय बैंकहरूलाई भनेअनुसार पुँजी पु¥याउन सकस हुने देखिएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत २ वर्षअघि वाणिज्य बैंकको चुक्ता पुँजी २ अर्बबाट वृद्धि गरी ८ अर्ब रुपैयाँ पु¥याएको थियो । बैंकले २०७४ असार मसान्तसम्ममा चुक्ता पुँजी पु¥याउनुपर्ने राष्ट्र बैंकको निर्देशन छ । बैंकहरूले राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पु¥याउने धेरै समय बाँकी नभए पनि सबै वाणिज्य बैंकले अझै पुँजी पु¥याउन सकेका छैनन् ।

राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले यसै आर्थिक वर्षभित्रको अन्तिम लेखापरीक्षण रिपोर्टमा चुक्ता पुँजी पुगेको विवरण पेस गर्नुपर्नेछ । राष्ट्र बैंकले पुँजी वृद्धिका लागि २०७४ असार मसान्तसम्मको समय दिएको भए पनि बैंकहरूलाई असोज मसान्तसम्म पु¥याए हुने सहुलियत दिएको थियो ।