आचारसंहिताविपरीतका प्रचार सामग्री हटाइयो

डडेल्धुरा / रास– आचारसंहिताविपरीत निर्वाचन प्रचारप्रसार सामग्रीहरू टाँसेको भन्दै डडेल्धुरा सदरमुकाममा रहेका ब्यानर झन्डा प्रहरी लगाएर निर्वाचन आयोगले हटाएकोे छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयसँगै निर्वाचन आयोगको निर्देशनअनुसार सुरक्षाकर्मीहरूले सदरमुकाममा टाँसिएका राजनीतिक दल र उम्मेदवारहरूका चिह्नांकित झन्डा, ब्यानर र पर्चा पम्पलेटहरू हटाएपछि निर्वाचनमा सहभागी हुन अभिप्रेरित गर्ने किसिमका निर्वाचन आयोगका पर्चा पप्लेट मात्रै बजार क्षेत्रमा देखिन थालेका छन् ।

निर्वाचन आयोगबाट जिल्लामा निर्वाचन आचारसंहिता उल्लंघनका घटनाको स्थलगत अनुगमन गर्न आएका सहसचिव राजकुमार श्रेष्ठले निर्वाचन आयोगको आग्रहअनुसार सदरमुकाम क्षेत्रमा निर्वाचन आचारसंहिताविपरीतका प्रचारप्रसार सामग्री हटाइएको बताए ।