गण्डकी विकास बैंकको सेयर मूल्य समायोजन

काठमाडौं / रास– गण्डकी विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । सोमबार नेपाल स्टक एक्सचेन्जले बैंकको हकप्रदपछिको सेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले कम्पनीको २५ प्रतिशत हकप्रदपश्चात् समायोजनपछि सेयर मूल्य २ सय ७६ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य ३ सय ४७ रुपैयाँ लिइएको थियो ।